गृहपृष्ठ » मुख्य समाचार, राजनीति, शिक्षा, समचार, स्वास्थ्यगुल्मीको लुम्छामा एक युवाको शव फेला

गुल्मीको लुम्छामा एक युवाको शव फेला

March 31, 2016५०१ पटक

विमल नेपाली
गुल्मी, चैत्र १८ गते । गुल्मीको लुम्छामा एक युवाको शव फेला परेको छ । लुम्छाको भगवती प्राथामिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा –६ का २० वर्षिया विशाल गाह मगरको शव करिब विहान ७ बजेतिर फेला परेको हो ।12900024_1603450466643787_1246376659_n
विद्यालयका प्रध्यानाध्यापक विष्णुप्रसाद पन्थले विद्यालयको हाताभित्र जुत्ता र मोबाईल फोन देखेपछि विद्यालयमा तोडफोड भएको आशंकामा त्यहाँ पुग्दा युवाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।12935324_1603434186645415_421330859_n

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रका अनसार बुधबार साँझ अवेरसम्म उनले लुम्छा वजारमै साथीहरुसंग मदिरा सेवन गरेको वुझिन आएको छ । प्रारम्भिक अनुसन्धानमा उनको मृत्यृ अत्याधिक मदिरा सेवनबाट भएको हुन सक्ने मिश्रले बताए ।

12921061_1603434066645427_518519965_n
शव भेटिएको स्थान नजिकै विद्यालयको प्रांगणमा नै उनका एक साथीको मोबाइल र जुत्ता पनि फेला फरेको छ । उनी दुई वर्ष अघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए ।12899817_1603450449977122_1955059033_n

थप अनुसन्धानका लागि उनीसँगै मदिरा सेवन गर्ने अन्य ४ जना उनका साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तम्घास पठाएको छ । उनको मृत्युको छानविनका लागि प्रहरीसंग हर्दिनेटा गाविस सचिव होमनाथ पन्थ लगायत स्थानियले आग्रह गरेका छन ।

12921121_1603436709978496_1275358659_n

शव पोष्टमार्टमको लागि सदरमुकाम तम्घास पठाईएको र मुत्युका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण