गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यरुपन्देहीमा एक महिनापछि बेवारिसे शव व्यवस्थापन

रुपन्देहीमा एक महिनापछि बेवारिसे शव व्यवस्थापन

March 31, 2016१४६ पटक

रुपन्देही, चैत १८ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक महिनादेखि थुप्रिएका शव बुधबार बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ ।
अञ्चल अस्पताल बुटवलमा फागुन १५ देखि १२ वटा शव जम्मा हुँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो भने नयाँ शव राख्नका लागि समस्या देखिएको अस्पतालले जनाएको थियो । बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुव्रबहादुर खड्काले एक महिनादेखि थुप्रिएका शव बुधबार व्यवस्थापन गरिएको बताए ।
उनले अस्थायी रुपमा ठाउँ खोजी गरेर व्यस्थापन गरिएको र स्थायी घाटका लागि जग्गाको खोजी भइरहेको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ६ वटा शव राख्ने फ्रिज ९मर्चरी च्याम्बर० रहेका छन् । त्यहाँ ठाउँ अभावमा मुर्दाघरमा खुला रुपमा राख्न अस्पताल बाध्य भएको थियो ।
बुटवल उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शवहरु बुटवल–४ मैनाबगरमा गाड्ने गरे पनि हाल ठाउँ अभाव भएको भन्दै शवहरु उठाउन सकेको थिएन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्काल शव व्यवस्थापन गर्नका लागि निर्देशन दिएका थिए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रवक्ता लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा ३३ दिनदेखि रहेका बेवारिसे १२ शवमध्ये बुधबार ११ शव उठेका छन् भने एक पुरुषको शव बाँकी छ ।
अस्पतालमा गत आर्थिक वर्षमा १०१ शव नगरपालिकाले व्यवस्थापन गरेको थियो भने यस आर्थिक वर्षमा २८ वटा शव व्यवस्थापन गरेको छ । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण