गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारअमर्यादित काम गरेको भन्दै अनुगमन टोलीद्धारा रौतहटमा ४ जना निरीक्षक निष्कासित

अमर्यादित काम गरेको भन्दै अनुगमन टोलीद्धारा रौतहटमा ४ जना निरीक्षक निष्कासित

March 31, 2016१४५ पटक

चैत्र १८ । एसएलसी परीक्षामा अमर्यादित काम गरेको भन्दै अनुगमन टोलीले बिहीबार रौतहटमा ४ जना निरीक्षकलाई निष्कासन गरेको छ । कोठा भित्र परीक्षार्थीले शरिरभरी गाईड र गेसपेपर राखेको फेला पारेपछि निरीक्षकलाई निष्कासन गरेको हो ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदी, डिएसपी मनोजकुमार यादव र सशस्त्रका डिएसपी ध्रुव कार्की सहितको टोलीले उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राविका शिक्षक इन्द्र चौधरी र जमुनिया विद्यालयका रामदयाल साहलाई परीक्षा अवधिभर बस्न नपाउने गरी निलम्बन गरिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।
उक्त केन्द्रको माथि तलामा अधिकांश परीक्षार्थीहरु चिट चोर्नमा व्यस्त थिए । नेपाल प्रहरी र शसस्त्रले केन्द्रको मुख्य गेटमा चेक गरेपनि परीक्षार्थीले शरिरभरी लुकाएर गाईड गेसपेपर कक्षा कोठासम्म पुर्‍याएका थिए ।
यता नेमधारी बासुदेव उच्च मावि मुडवलवाबाट २ जना निरीक्षक निलम्बनमा परेको जिल्ला शिक्षा कार्यालयका प्राविधिक सुब्बा हरिचन्द्र कडायतले जनाए । उनले भने, ुदुवैको नाम आउन बाँकी छ । जिल्लामा अन्य परीक्षा केन्द्रहरुमा यस वर्ष एसएलसी मर्यादित देखिएको छ । विगत वर्षहरुमा भन्दा प्राय परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएको शिक्षा कार्यालयले जनाएको छ ।
यस वर्ष जिल्लाभरीका २६ परीक्षा केन्द्रमा नियमित तर्फ ६ हजार ७ सय ५४ र एक्जाम्टेड तर्फ ३ हजार ४ सय परीक्षार्थी मध्ये ३ सय बढी अनुपस्थित रहेको शिक्षा कार्यालयले जनाएको छ । शिव पुरीबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण