माटोको ढिस्कोले पुरिएर गुल्मीको हस्तिचौरमा एक किशोरको ज्यान गयो
गुल्मी, चैत १९ – माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गएको छ । विहीबार दिउँसो अम्मरपुर गाविसमा रहेको बुल्ममा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुर्दा हस्तिचौर गाविस ३ का १६ वर्षका नामबहादुर कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।