गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यचितवनमा चट्याङ लागेर एक किशोरीको ज्यान गयो

चितवनमा चट्याङ लागेर एक किशोरीको ज्यान गयो

April 1, 2016१३८ पटक

चितवन, चैत १९ । चितवनको विकट लोथर गाविसमा चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ ।
बिहीबार घरमै सुतिरहेका बेला चट्याङ लागेकी सिद्धि–२ की १७ वर्षीया चन्द्रमायाँ चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घरमै सुतिरहेका बेला बिहीबार चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको छ ।
पछिल्ला केही दिनदेखि चितवनमा हावाहुरी र वर्षा हुने क्रम चलिरहेको छ । ठाउँठाउँमा असिनासमेत परेको छ । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण