खोटाङमा एसएलसी दिने परिक्षार्थीको मृत्यु
खोटाङ, चैत्र १९– खोटाङमा एसएलसी परिक्षार्थीको ज्यान गएको छ । महेन्द्रोदय उच्च मावि परीक्षा केन्द्रबाट एसएसली दिँदै गरेकी शान्ति उच्च मावि छोरम्बुकी छात्रा तुलसा माझीको बिहीबार राती ज्यान गएको हो । सामान्य ज्वरो आएपछि औषधि सेवन गर्दै अंग्रेजी विषयको परिक्षा दिएर फर्किएकी माझीको कोठामै ज्यान गएको प्रहरीले जनाएको छ ।
पेट दुख्ने समस्याले च्यापेपछि स्थानीय स्वास्थ्यकर्मी बोलाएर सामान्य उपचार गरेको केही समयपछि छात्राको ज्यान गएको स्थानीय शिक्षक दिपक पौडेलले जानकारी दिनुभयो । टाइफाइडका कारण छात्राको ज्यान गएको हुन सक्ने जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । उज्यालोबाट