गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारउत्तर कोरियाको परमाणु परीक्षणविरुद्ध अमेरिका र चीन

उत्तर कोरियाको परमाणु परीक्षणविरुद्ध अमेरिका र चीन

April 1, 2016२६२ पटक

वासिंटन, चैत १९ । उत्तर कोरियाले गरिरहेको परमाणु क्षेप्यास्त्र परीक्षण रोक्ने प्रयासका लागि एकसाथ अघि बढ्न अमेरिका र चीन सहमत भएका छन् ।
अमेरिकाको वासिंटनमा भएको परमाणु शिखर सम्मेलनमा सहभागी भएका अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भएको भेटवार्ताका क्रममा उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्ने प्रयासका लागि एक साथ अघि बढ्ने सहमति भएको हो ।
चिनियाँ समकक्षीसँगको भेटपछि अमेरिकी राष्ट्रपति ओबामाले परमाणु मुक्त कोरियाली प्रायद्वीपका लागि दुबै देश उत्साहित रहेको बताए । उनले उत्तर कोरियाले जारी राखेको परमाणु परीक्षणको काम रोकाउन दुबै देशले संयुक्त पहल गर्ने सहमति भएको जानकारी दिए ।
दुबै देशका राष्ट्रपतिबीच उत्तर कोरियाले गरेको परमाणु क्षेप्यास्त्र परीक्षणबाट तनाव बढ्न सक्ने भएकाले आफूहरुले अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न कारबाहीसमेत गर्न सक्ने सहमति भएको बताइएको छ । उत्तर कोरियाले गरेको परमाणु परीक्षणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले यसअघि नै नाकाबन्दी लगाइसकेको छ ।
अब चीनले पनि परमाणु परीक्षणको विरोधका लागि अमेरिकासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएकाले उत्तर कोरियालाई थप अप्ठ््यारो हुनेछ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी र व्यापारिक साझदार मुलुक हो । (एजेन्सी)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण