गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचारबाबु, आमा र छोरा सँगै एसएलसी परीक्षामा

बाबु, आमा र छोरा सँगै एसएलसी परीक्षामा

April 2, 2016२०५ पटक

२० चैत, काठमाडौं । केही वर्षअघिसम्म उनीहरुमा पढाइप्रति मोह थिएन । घरबार थियो । छोराछोरी भए । छोराछोरी स्कुन भर्ना भए । पढ्दै थिए । घरबारको जिम्मेवारी पनि उत्तिकै बढ्न थालेको थियो ।
आठ वर्षअघि श्यामकुमार झाँक्रीमगर आफ्नै छोराछोरी पढ्ने निम्नमाध्यामिक स्तरको विद्यालयमा व्यवस्थापन समितका अध्यक्ष भएका छन अहिले पनि उनी त्यही पदमा छन् ।
तर अहिले विद्यालय माध्यामिक तहको विद्यालयमा अध्यक्ष हुनको लागि न्यूनतम एसएलसीको योग्यता तोकेपछि उनी झसंग भए । भर्खरै विद्यालय सुधारका काम अघि बढाइरहेका उनलाई अध्यक्ष हुने मोह अझै छ । अनि उनी दुई वर्षअघि आफू अध्यक्ष भएको विद्यालयमै कक्षा ८ मा भर्ना भए ।
उनी भर्ना भएपछि श्रीमती पिंमालीले पनि पढ्ने रहर गरिन् । गाउँमा धेरैजसो महिला पढेलेखेका छैनन् । तयसमाथि पनि छोराछोरी हुर्काइसकेको मान्छे ।
चारजना छोराछोरीका बाबुआमा भइसकेको उनीहरु अहिले कान्छो छोरासँगै एसएलसी दिदैँछन् । एउटै परीक्षाकेन्द्रमा । ४८ वर्षका झाँक्री, ३८ वर्षकी उनी रुश्रीमति अनि १६ वर्षका उनका छोरा प्रदीप झाँक्री अहिले सँगसँगै एसएलसी दिइरहेका छन् ।
बिहीबार पहिलो दिन स्कुलकै ड्रेसमा सजिएर बाबु, आमा र छोरा सतबरियास्थित राप्ती उच्चमावि उचानिम्बुस्थित परीक्षाकेन्द्रमा परीक्षा दिन जाँदा सबैजना चकित भएका थिए । आजको अन्नपुर्णमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण