गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समचारभारत ईयु राजदूतसँग स्पष्टीकरण सोधिने

भारत ईयु राजदूतसँग स्पष्टीकरण सोधिने

April 2, 2016३३८ पटक

२० चैत, काठमाडौं । भारत र युरोपेली युनियनका संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै सरकारले त्यसबारे भारत र युरोपेली युनियन (इयु) का राजदूतसँग स्पष्टीकरण लिने भएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत र युरोपेली युनियनले नेपालको सार्वभौभसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रष्टीकरण लिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिएको छ ।
उनले भने ‘परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रस्टीकरण लिने निर्णय भएको छ,’।
बेल्जीयको राजधानी ब्रसेल्समा सम्पन्न भारत(इयु शिखर सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा १७ नम्बरको बुँदामा नेपालको नयाँ संविधान अपूर्ण रहेको भन्दै संविधानका मिल्न बाँकी मुद्दा निश्चित समय तोकेर हल गर्न सुझाव दिएको थियो । आजको अन्नपुर्णमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण