डोटी जिल्लामा स्वस्थ तथा स्वच्छ मासु अभियान
डोटी चैत २० = मानिसमा देखा पर्ने ७५ प्रतिशत रोग जनावरबाट सर्ने भएकाले उच्च साबधानी अपनाउन पशु चिकित्सकहरुले सुझाव दिएका छन् । पशु चिकित्सक डा. अर्जुन पंण्डितले स्वच्छ तथा स्वस्थ मासुका लागि बधशाला, बध स्थल, मासुस्टलदेखि भान्सासम्म मासु स्वस्थ र सफा हुनु पर्ने बताउनु भयो । मासुको स्वस्थता र स्वच्छताका लागि जनावरको स्वस्थता, चरिचरन, मासुको भण्डारण, उचित बध र ब्यवस्थापनमा ध्यान दिनु पर्ने डा.पण्डीतको सुझाव छ । जिल्लामा मासु ब्यवसायीको संख्या बढ्दै गएपछि जिल्ला पशु सेवा कार्यालय डोटीले स्वस्थता र स्वच्छता सम्बन्धि सचेतनामुलक अभियान चलाएको छ ।