गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारभूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान वितरणको प्रक्रिया सुरु

भूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान वितरणको प्रक्रिया सुरु

April 3, 2016१३१ पटक

काठमाडौं चैत २१ = भूकम्प प्रभावित आठ जिल्लामा आजदेखि अनुदान बितरणको प्रक्रिया सुरु हुने भएको छ । आठ जिल्लाका आठ वटा गाउँ छनौट गरेर आज अनुदान पाउनेको सूची सार्वजनिक गर्न लागिएको छ । सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । सूचीमा नपरेका व्यक्तिले भने दुईलाख अनुदान, सामुहिक जमानीको तीन लाख ऋण पाउने छैनन । सिन्धुपाल्चोक र मकवानपुरको गाउँ छनौटका विषयमा भने सहमति भएको छैन । पुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार छनौट भएका आठ जिल्लामा आठवटा गाउँमा पुनःनिर्माण पनि तत्काल सुरु हुनेछ । उहाँका अनुसार गोरखाको हंसपुर, धादिङका् मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेका रवीआृपी, रामेछापको मन्थली नगरपालिकाको ओखेनी, सिन्धुपाल्चोकको रातमाटा झाँगाझोली, ओखलढुङ्गाको सिद्धिचरण नगरपाली र रसुवाको धुन्चे रहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण