गाउँका महिलाहरुको आनीबानीमा परिवर्तन आउँदै
जुम्ला चैत २१ = गाउँका महिलाहरुको आनीबानीमा विस्तारै परिवर्तन आउन थालेको छ । पहिले आफ्नो परिचय दिन लजाउने महिलाहरु अहिले आफ्नो परिचय ढुक्क भएर दिने गरेका छन् । जिल्ला तथा गाउँमा हुने कार्यक्रमहरुमा गाउँका महिलाहरुले अहिले ढुक्क भएर आफ्नो परिचय दिने गरेका छन् । पहिले आफ्नो परिचय भन्न समेत गाउँका महिलाहरु डर माने गर्दथे । सामाजिक अभियानका रुपमा जिल्लास्थित सरकारी र गैरसरकारी संघसंस्थाले क्षमता विकासका कार्यक्रमहरु गरेदेखि महिलाहरु हिजोआज बाहिरी समाजसँग घुलमिल हुँदै गएका छन् । हिजोआज ती महिलाहरुको दैनिक पनि फेरिंदै गएको छ ।