गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यकमेरो खन्ने क्रममा तीन जना घाईते

कमेरो खन्ने क्रममा तीन जना घाईते

April 3, 2016१६० पटक

बैतडी चैत २१ = घरपोत्न कमेरो माटो खन्ने क्रममा बैतडीको विशालपूर गाविसमा तीन जना घाईते भएका छन् । छिमेकी जिल्ला डडेल्धुराको देवलदिव्यपूर गाविसवाट कमेरो खन्न विशालपूर ३ मा रहेको कमेरो खानीमा आएका उनीहरु हिजो माटोको ढिस्कोले लागेर घाईते भएका हुन् । घाईते हुनेमा देवलदिव्यपूर गाविसका २५ वर्षिय तारादेवी डांगा, २० वर्षिय नन्दादेवी डांगा र ११ विर्षय सिमा डांगा रहेका छन् । घाईते मध्ये तारादेवी र नन्दादेवीको अवस्था गम्भिर रहेको प्रहरीले वताएको छ । घाईते तिनै जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरमा उपचार भैरहेको जिलला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी मोहन पोखरेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण