मस्यौदा आजै मस्यौदा समितिमा पठाईने
श्राबण २५ काठमाण्डौ ।।
संघीय प्रदेशहरुको सिमांकन सहितको संविधानको मस्यौदा आजै मस्यौदा समितिमा पठाईने भएको छ । भोली पारित गरिने प्रतिवेदनलाई संविधानको दोस्रो मस्यौदा बनाउन आजै मस्यौदा समितिमा पठाईने भएको हो । आज दिनभर सभासद्हरुले मस्यौदाको अध्यायन गर्ने र साझ सम्ममा प्रतिबेदन मस्यौदा समितिमा पठाउने तयारी भईरहेको संबिधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो । प्रतिवेदन माथी भोलिदेखि संविधान सभामा दफवार छलफल हुनेछ ।
प्रतिवेदनको अध्ययनका लागि आज सभासद्हरुलाई समय चाहिने भएकाले भोलीदेखि मात्रै छलफल हुने भएको हो ।
संवैधानिक राजनितिक संवाद तथा सहमती समितिका सभापति डा बाबुराम भटराईले हिजो संविधान सभामा पेश गरेको प्रतिबेदनलाई भोली नै पारित गर्ने योजना बनाईएको छ । आज मस्यौदा समितिमा प्रतिबेदन पेस भएपछि समितिले अध्यायन गरी संबिधानसभामा पठाउने छ ।
दलहरुले यही साउन मसान्तमा संविधान जारी गर्ने भनेपनि संवाद समितिको छलफल लम्वीएकाले संविधान जारी गर्ने समय पनि पछाडी सरेको छ ।