गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारविषाधीका कारण माछा सकिंदै

विषाधीका कारण माछा सकिंदै

April 3, 2016१५० पटक

दार्चुला चैत २१ = दार्चुलाका स्थानीय खोलाहरुमा विषादी प्रयोग गरि माछा मार्न थालेपछि खोला र नदीमा माछा सकिंदै गएका छन् । जिल्लाका आधा दर्जनभन्दा बढी खोला र नदीहरुमा स्थानीयद्घारा विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा सकिन थालेका हुन । यो संगै खोलाको पानी पुरै सुकाउने गर्दा माछाका भुराहरु समेत मर्ने गरेका छन् । यसरी पानीमा विषादी प्रयोग गर्दा अन्य जलचर प्राणीहरु पनि मर्ने विज्ञहरु बताउँछन् । खोलाको विषाधी मिश्रित पानी महाकालीमा मिसिने तथा महाकाली नदीमा समेत जलचर प्राणी लोप हुने खतरा बढ्न थालेको छ । विषाधी हालेर अथवा करेन्ट लगाएर माछा मार्नु कानुन विपरीत कार्य भए पनि त्यो नियन्त्रण तर्फ कसैको ध्यान जान सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण