गृहपृष्ठ » मुख्य समाचार, समचारबाँकेमा विद्युत चुहावट र चोरी नियन्त्रण गर्न अभियान चलाइने

बाँकेमा विद्युत चुहावट र चोरी नियन्त्रण गर्न अभियान चलाइने

April 3, 2016१०४ पटक

नेपालगंन्ज चैत २१ = नेपाल विद्युत प्राधिकरण नेपालगंन्ज वितरण केन्द्रले विद्युत चोरी र चुहावट नियन्त्रणका लागी विशेष अभियान संचालन गर्ने भएको छ । चितवन र वुटवल रहँदा विद्युत चुहावट नियन्त्रणको क्षेत्रमा उल्यख्य काम गरेका उमेश कुमार झा बाँकेमा कार्यालय प्रमुखको रुपमा आए लगत्तै चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिइने भएको हो । चुहावट नियन्त्रणका लागि प्रहरी समेत परिचालन गरिने झाले जानाकारी दिनुभयो । उहांका अनुसार त्यसभन्दा पहिले जिल्लाका सरोकारवाला निकायसंग सर्वपक्षिय छलफल गरिने छ । विषेश गरि ग्रामिण क्षेत्रमा चोरी र चुहावट वढी भएको पाइएकाले त्यस्ता क्षेत्रमा प्रहरी सहितको चुहावट नियन्त्रण टोली परिचालन गरिने योजना प्राधिकरण केन्द्रको रहेको छ ।
यस्तै विद्युत प्राधिकरणले बक्यौता रकम असुली गर्नका लागि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई पनि तिव्रता दिने भएको छ । यसैबीच नयाँ मिटर जडानका लागि विद्युत प्राधिकरणमा निवेदन दिनेहरुले अब मिटर पाउने भएका छन् । विद्युत प्राधिकरणमा मिटर आइसकेकाले निवेदन दिएकाले कार्यालयमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । मिटरका लागि करिव ९ सय जनाले निवेदन दिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण