गुल्मीका गाहलाई आफ्नै साथीले हत्या भएको खुलासा
प्रेम सुनार
गुल्मी चैत्र–२२ । केहि दिन अघि गुल्मीको हर्दिनेटामा मृत फेला परेका एक युवालाई आफ्नै साथीले हत्या गरेको खुलासा भएको छ । चैत्र १७ गते भगवती प्राथामिक विद्यालय हर्दिनेटा – ५ को प्राङ्गणमा मृत फेला परेका हर्दिनेटा–६ का २० वर्षिय विशाल गाहलाई आफ्नै साथीले हत्या गरी फालेको जिल्ला प्रहरी कार्यालय गुल्मीले खुलसा गरेको हो ।
सोही वडाका २० वर्षिय किशोर झाँक्रीले संगै नास्ता गरी घर फर्किदै गरेको अवस्थामा मोवाईल फोनका वारेमा विवाद हुँदा शिरिस जातको दाउराले विशाल गाहको टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको त्यस कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार उक्त दिन राती लुम्छाको पन्थ होटलमा बसेर प्रेश नेपाली, किशोर झाँक्री , अजय नेपाली र मृतक बिशाल गाह सहित चारजनाले मादक पदार्थ रक्सी सेवन गरेको , संगै रहेका अर्का साथी सुरज झाँक्रीले पकौडा खाएको थिए ।
त्यस पछि नेपालीद्धय कोठा तर्फ लागेको र किशोर झाँक्री र मृतक विशाल गाह पनि घर जान्छु भनि हिडेका थिए । वाटोमा उनिहरु दुई विच मोवाईलका विषयमा वादविवाद हुँदा किशोरले नजिकै रहेको उक्त काठ विशालको टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएकोले अभियुक्त किशोरलाई हिरासतमा लिई अनु्सन्धा कार्य जारी गरिएको प्रहरी निरीक्षक मिश्रले बताए । स्थानियका अनुसार उनिहरु अति मिल्ने साथी थिए ।