गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, स्वास्थ्यसार्वजानिक स्थानमा ढिंकी सञ्चालन

सार्वजानिक स्थानमा ढिंकी सञ्चालन

April 4, 2016२४३ पटक

प्रेम सुनार
गुल्मी, चैत्र–२२ । कुटानी पिसानीको परम्परागत साधन ढिंकी गाउँमा लोप हुन थाले पछि गुल्मीको सोतागाउँका महिलाहरुले सार्वजानिक स्थानमा सञ्चालनमा ल्याएका छन् । गुल्मीको रुपाकोट–२ ,सोता गाउँका महिलाहरुले सार्वजानिक स्थानमा ढिंकी सञ्चालनमा ल्याएका हुन् ।

dhiki
नयाँ पिढीले ढिंक भनेको के हो ? भनेर सोध्ने अवस्था आए पछि रामआश्रम आमा समुह सामुदायिक वनमा आवद्ध महिलाहरुले ढिंकी सञ्चालन गरेको समुहकी अध्यक्ष गीता भण्डारीले बताईन् ।
सार्वजानिक स्थानमा ढिंकी सञ्चालनमा ल्याए पछि धान , गहुँ , बेसार लागयतको खाद्यान्न कुटानी पिसानी गर्न सजिलो र किफायती भएको त्यहाँका महिलाहरुले बताए । त्यस सामुदायिक वन समेत पुरै महिलाहरु उपभोक्ता समितिमा रहेर संरक्षण गर्दै आएका छन् । तस्वीरः रुपाकोटको सोता गाउँ स्थित सार्वाजानिक स्थानमा सञ्चालनमा ल्याईएको ढिंकी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण