गृहपृष्ठ » अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, स्वास्थ्यइङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले जित्यो

इङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले जित्यो

April 4, 2016४५० पटक

कोलकाता, चैत २२ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि वेस्ट इन्डिजले हासिल गरेको छ । गएराति सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि हासिल गरेको हो ।
टस जितेर पहिलो फिल्डिङ गरेको वेस्ट इन्डिजले इङ्ल्याण्डलाई १५५ रनमा सीमित गरेको थियो । इङ्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा उक्त योगफल तयार पारेको थियो । इङ्ल्याण्डका लागि जोए रुटले सर्वाधिक ५४ रन बनाएका थिए । त्यस अतिरिक्त जोस बटलरले ३६ रन बनाए ।
१५६ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले अन्तिम ओभरमा लगातार ४ छक्का प्रहार गर्दै २ बल अगावै रोमाञ्चक जित हात पारेको हो । ६ विकेट गुमाइसकेको अवस्थामा वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितका लागि १९ रन आवश्यक थियो । तर कार्लोस ब्राथवाइटले चार बलमा लगातार छक्का प्रहार गर्दै टिमलाई दोस्रो पटक उपाधि दिलाएका हुन् ।
वेस्ट इन्डिजकै महिला टिमले पनि आइतबारै विश्वकप ट्वेन्टी ट्वेन्टीको उपाधि हासिल गरेको थियो । कोलकातामै भएको फाइनलमा वेष्ट इन्डिजले तीन पटकको च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण