गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, राजनीतिमलेसियाको एक कम्पनीमा भिषण आगलागी ४०० नेपालीको बिचल्ली दुतावास समक्ष अपिल

मलेसियाको एक कम्पनीमा भिषण आगलागी ४०० नेपालीको बिचल्ली दुतावास समक्ष अपिल

April 5, 2016२४२ पटक

अर्पण मगर/ मार्च २४,क्वलालाम्पुर मलेसियामलेसियाको जोहोर सिग्मान्त स्थित eco-shop marketing sdn.bhd. कम्पनीमा गत मार्च १३ मा भिषण आगलागी भएको छ। आगलागीबाट आधा पुरै कम्पनी साथै उक्त कम्पनीमा काम गर्ने कामदारहरू बस्दै आएको १६ बटा होस्टल समेत पूर्ण रुपमा क्षति भएको छ। कम्पनीमा लागेको आगोको कारण त्यहा कार्यरत सम्पूर्ण कामदारहरू को पासपोर्ट समेत जलेर नस्ट भएकोछ। बिधुत सर्किट भई लागेको उक्त आगो ले १६ वटा होस्टल जलेपछी होस्टलमा रहेको कामदार हरुको सम्पूर्ण कागजात पासपोर्ट को कपि साथै अन्य परमिटका कागज हरु जलेर खरानी भएको छ। सम्पूर्ण कागजात जलेपछी अबैधानिक सरह कम्पनीको कम्पाउन्ड भित्र खुला आकाशमुनि बस्नु परेको सोही कम्पनीमा कार्यरत बर्दियाका सन्तोश लामा बताउँछन् । करिब ४०० नेपाली श्रमिक रहेको उक्त कम्पनीमा भविष्यको सुन्दर सपना बोकेर आएका युवाहरु भन्छन् ” नेपाल सरकार र दुताबाशले सहयोग गरे हामी अझै यहि काम गरि सपना साकार गर्ने थियौ , कम्पनीले काम दिन पनि तयार नै छ।”घटना पछि कम्पनीले नेपाली दुताबस मलेसियालाई सम्पूर्ण जानकारी दिएपनी अहिलेसम्म दुतावासले वास्ता नगरेको गुनासो समेत पोखे। यसरी कागजात नभएपछि बाहिर हिड्डुल गर्न समेत समस्या परेको हुनाले नेपालका लागि मलेसिया दुतावास ले समस्या पहिचार र समाधान गरि सहज रुपमा काम गर्ने वातावरण मिलाईदिन अपिल समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण