गृहपृष्ठ » खेलकुदरामनाथ ढकाल स्मृतिकप भलिबलको उपाधि नेपाल पुलिस क्लवलार्इ

रामनाथ ढकाल स्मृतिकप भलिबलको उपाधि नेपाल पुलिस क्लवलार्इ

April 5, 2016११२ पटक

बुटवल, २३ चैत

रुपन्देहीको सालझन्डीमा सञ्चालित प्रथम रामनाथ ढकाल स्मृतिकप भलिबलको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।
नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ५ को आयोजनामा सालझन्डीमा सोमबार सम्पन्न सो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मीलाई ३–२ को सेटले हराउँदै पुलिसले जित हासिल गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा नेपाल पुलिस क्लबले २५–१९, २५–१० र १५–७ को सेटमा आर्मीलाई पराजित गरेको थियो।
उपाधिसँगै नेपाल पुलिसले नगद  एक लाख एक हजार एक सयसहित कप, मेडल र प्रमाणपत्र हात पार्यो । त्यस्तै, द्वितीय बनेको नेपाल आर्मीले नगद ५१ हजार एक सयसहित कप, मेडल र प्रमाणपत्र हात पार्यो । तृतीय भने पश्चिमाञ्चल टिम भयो।
तृतीय भएको पश्चिमाञ्चलले नगद ३१ हजार एक सयसहित कप मेडल र प्रमाणपत्र हात पार्यो। विजयी टिम तथा खेलाडीलाई पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवाली, एमाले केन्द्रीय सदस्य लीला गिरी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललगायतले पुरस्कार वितरण गरेका थिए। रासस
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण