गृहपृष्ठ » अार्थिकपासपोटलाई लत्याउदै फर्के आफै माटोमा

पासपोटलाई लत्याउदै फर्के आफै माटोमा

April 6, 2016१६५ पटक

राधिका भुसाल प्यूठान, धेरै युवा युवतीहरु अहिले विदेश प्लायन हुने, कोही त कमाएर घर फर्कने कोही भने परिवार, यो संसारबाट सधैका लागि टाढिने क्रम अहिले पनि नचलेको त होइन नै । तर कोही युवाहरु यस्ता पनि हुदा रहेछन कि विदेश जाने पासपोर्ट समेत तयार पारी, विदेश जाने र धेरै पैसा कमाइ ठुला महल बनाउने सपना बोकेर हिडेका कतिपय युवा युवतीहरु फर्केर आफै माटो रमाउन थालेका छन् यसको उदाहणीय व्यक्ति हुन प्यूठान नगरपालिका ६ टारीका रेशमराज सुवेदी ।

आफ्नै मातृभूमिको मेहनत र लगानशीलताको फल मिठो हुन्छ भन्दै करिव १०–१२ वर्ष देखि निरन्तर कृषि पेशामा आवद्ध भइ सक्षम कृषकको रुपमा आफुलाई परिचित गराउदै आएका छन् सुवेदी ।

८–१० हजारको सानो लगानीबाट तरकारी खेती व्यवसाय सुरु गरेका उनले वार्षिक डेडलाख सम्म आम्दानी गर्न सफल भएका छन् । मौसमी भन्दा पनि बेमौसमी तरकारीलाई बढि प्राथमिकता दिने गरेको पाइन्छ । काक्रा, लौका,बन्दा, करेला, भन्टा खुसार्नी, सिमि लगायतका धेरै प्रकारका तरकारी लगाउदै आएको बताउने सुवेदीले कहिल्यै पनि रासायनीक विषादी प्रयोग नगरी आफ्नै घरमा प्रांगारिक मल उत्पादन गरी त्यसै प्रयोग गर्दै आएको बताउछन् । घर वरपर बनजंगलमा पाइने जडिवुटिहरु निम, बनमारा, बकेनो, सिसौं, खुर्सानी,दुध, दही, घिउ, छापो, गाइबस्तुको मलमुत्र लगायत धेरै चिजविज मिलाएर तयार गरेकोे हरियो मलको प्रयोग गर्दै आएको बताउछन् । उनी भन्छन्–“रासायनिक विषादी जति खाद्ययन्न उत्पादन हुन्छ त्यसको दोब्बर खर्च हुने गरी आफ्नो स्वास्थ्यमा असर पर्ने गर्छ । यका तर्फ पैसा खर्च भएकै हुन्छ भने अर्को तर्फ आफु लगायत तरकारी प्रयोग गर्ने सवैलाई यसले असर पुराएकै हुन्छ । आफ्नै जंगलको जडिवुटि पनि प्रयोग होस् र तरकारीको उपयोगबाट स्वास्थ्यलाई राम्रो फाइदा गरोस् ।”
तरकारी व्यवसायलाई निरन्तरता दिनका लागि श्रीमति गायत्रा पौडेल र आमाको सहयोग पनि उत्तिकै रहेका कारण व्यवसायलाई फस्ट्यायदै लैजान सफल भएको सेवुदी बताउछन् । आखिर जहाँ गए पनि दुःख, मेहनत नगरी खान पुग्दैन । अरुको देशमा गएर पसिना बगाउन भन्दा आफ्नै माटोमा पसिना बगाउने र परिवार सवैले एकै ठाउमा मिठो मसिनो जे हुन्छ सगै खानुको बेग्लै आनन्द हुने उनीहरुको भनाइ छ । कृषि पेशालाई अंगालेरै अगाडि बढ्ने उद्देश्य बोकेका छन यी परिवारले । अहिले सम्म कुनै प्राविधिक तालिम प्राप्त नगरी देखेर सिक्दै र सिकाइको भोगाइ बाटै आधुनिक तरिकाले उक्त व्यवसाय सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए ।
त्यसै गरी ३ जनाको साझेदारीमा च्याउ खेती पनि गर्न थालेका छन् उनी । कुसुमा सुवेदी, दोसव सुवेदी र रेशमराज सुवेदीको संयुक्त लगानीबाट च्याउ खेती व्यवसाय सञ्चालनले झनै आकर्षण थपिएको छ कृषि खेतीमा । आफ्ना छोरा छोरीको पुस्तक अध्ययन बाट च्याउ खेती बारे शिक्षा प्राप्त गरी सुरु गरेको व्यवसाय राम्रो बन्ने आशा लिएको दोसव सुवेदी बताउछन् । उनी भन्छन्–“ कुनै तालिम विना नै च्याउ खेती सञ्चालन गरेका छौं र यसको आम्दानी राम्रो होला भन्ने आशा छ । तर कृषि प्राविधिकहरुले कुर्सीमै वसेर तलव पकाउछन् । वास्तविक कृषकको समस्या के छ ? कस्तो बेला के गर्नु पर्ने भन्ने कुराको जानकारी दिन अहिले सम्म आएका छैनन् । हामीलाई उनीहरुको आवश्यक परेको हुन्छ उनीहरु भने घाम तापेरै दिन बिताउछन् । ” उनले भने । “सरकारी काम, कहिले जाला घाम” भन्ने उखान कृषि प्राविधिकहरुमा भएर होला कृषकहरुको व्यवसायको अवलोकन गर्ने र सल्लाह सुझाव दिन अहिले सम्म आएका छैनन् । सेवा केन्द्र विजुवारबाट च्याउको विउ प्राप्त गरी च्याउ खेति गरेको उनीहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण