देउवालाई भारतीय विदेशमन्त्रीको बधाई
काठमाडौं, चैत २४ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा निर्वाचित हुनुभएकोमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बुधबार बधाई दिनुभएको छ ।
बुधबार नै संसदीय दलको नेतामा निर्वाचित हुनुभएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिदै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । रासस