दाङ, सल्यान, रुकुम सडकखण्ड अबरुद्ध
राप्ती लोकमार्ग अवरुद्ध
२५ चैत, सल्यान । सल्यानको कपुरकोटमा १२ चक्के ट्रकबीच सडकमा फसेपछि बुधबार रातिदेखि राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड अबरुद्ध रहेको छ ।
रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडकबाट बाहिर गएको छ । ट्रक ठूलो दुर्घटनाबाट बचेको छ । गएराति सवा १० बजेतिर मोड्ने क्रममा ट्रक फसेको चालक प्रेम थापाले बताए ।
अहिले ट्रकमा भएको २१ टन क्लिङकर अनलोड गरेर क्रेनको सहयोगमा ट्रक तान्ने प्रयास भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । सडक खुल्न अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
ट्रक विच सडकमै फस्दा दाङ हुँदै सल्यान, रुकुम रोल्पा जाने र सल्यान, रुकुम रोल्पाबाट दाङतर्फ जाने ८० भन्दा बढि सानो ठूलो गाडी रोकिएका छन् ।