गृहपृष्ठ » खेलकुदच्याम्पियन्स लिगः उल्फबर्गसंग रियल पराजित

च्याम्पियन्स लिगः उल्फबर्गसंग रियल पराजित

April 7, 2016१३५ पटक

काठमाडौं, चैत्र २५–

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड जर्मन क्लब उल्फबर्गसँग पराजित भएको छ।

गएराति उल्फबर्गको घरेलु मैदानमा भएको खेलमा पहुना टोली रियल मड्रिड २–० गोल अन्तरले पराजित भएको हो। योसँगै रियल मड्रिडको अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर भएको छ।

खेलको १८ औँ मिनेटमा रिकार्डो रोर्डिगेजको गोलबाट उल्फवर्गले सुरुवाती अग्रता लियो। यस्तै खेलको २५ औँ मिनेटमा आर्नोल्डले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए।

उल्फबर्गले पहिलो हाफमा गरेको दुई सून्यको अग्रता नै जितका लागि पर्याप्त भयो। रियलले गोल गर्ने केही राम्रा अबसर पाएपनि गोल भने गर्न सकेन। जितसँगै जर्मन टोली उल्फबर्गले पहिलो लेगमा दुई सून्यको अग्रता लिन सफल भएको छ।

अब रियल मड्रिडले अघिल्लो चरण प्रवेशका लागि घरेलु मैदान सान्टियागो वर्नबाउमा उल्फबर्गलाई कम्तिमा ३–० गोल अन्तरले पराजित गर्नु पर्नेछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण