गृहपृष्ठ » अार्थिकयातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन

यातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन

April 7, 2016८१ पटक

भालुवाङमै यातायात कार्यालय सञ्चालन आए संगै यातायात व्यवसाय हर्षित

सन्तोषकुमार गुप्ता, भालुवाङ्ग २५ चैत ।।

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गले आठ महिनाको अवधिमा ९५ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले २०७२ साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट ९५ लाख ३८ हजार १ सय ७ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार साउन देखि फागुन मसान्त सम्म आठ महिनाको अबधिमा सवारी साधन करबाट ८५ लाख ९७ हजार ५ सय ७, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३ लाख ६० हजार १ सय १३ र रुट नबिकरणबाट ५ लाख ८० हजार ४ सय ८७ रुपैयाँ संकलन भएको जानकारी दिए । जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए ।
त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेत जानकारी दिए । त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ र फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ राजश्व संकलन भएको बस्नेतले जानकारी दिए ।
आठ महिनाको अबधिमा सबै भन्दा बढी मंसिर महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । त्यसैगरी आठ महिनाकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस २ सय ३६ जाँचपास तथा ३ सय ६६ रुट नबिकरण, मिनिबस ६३ जाँचपास तथा ६६ रुट वबिकरण, ट्रक १ सय २ जाँचपास तथा ३१ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ट्याङ्कर १ जाँचपास र मिनिट्रक ७ जाँचपास तथा ६ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६÷६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४÷४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । २०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेकोृ कार्यालयले जनाएको छ । कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण