गृहपृष्ठ » पत्रपत्रीकालुम्बिनीमा साढे चार कराेडकाे मुद्रा वर्षौंदेखि बाेरामा

लुम्बिनीमा साढे चार कराेडकाे मुद्रा वर्षौंदेखि बाेरामा

April 8, 2016९० पटक

काठमाडौं, चैत २६ । लुम्बिनी आउने विदेशी श्रदालुले दान दिएको करोडौं रकम उपयोगमा नल्याउँदा खेर गइरहेको छ ।

६० मुलुकका ४ करोड ६१ लाखभन्दा बढी मुद्रा लुम्बिनी विकास कोषको परिसरमा बोरामा कोचेर राखिएको छ । कोष र सरकारले रकम उपयोगमा ल्याउन नसकेका हुन् ।

वर्षौंदेखि थन्क्याइएका धेरै नोट धुजाधुजा भइसकेका छन् । विदेशी मुद्रा उपयोगमा ल्याउन नसक्नु कोष र सरकारको कमजोरी भएको कोषकै कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण