गृहपृष्ठ » अन्तर्राष्ट्रियराजनीतिक बन्दी रिहाइका लागि पहल गर्छु : सुकी

राजनीतिक बन्दी रिहाइका लागि पहल गर्छु : सुकी

April 8, 2016२७५ पटक

याङ्गुन :  म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले म्यानमारको जेलमा रहेका राजनीतिक बन्दीको रिहाइका लागि आफूले सक्दो पहल गर्ने बताएकी  छिन् । म्यानमारमा प्रजातन्त्रका लागि लडेकी वरिष्ठ प्रजातन्त्रवादी नेत्री सुकीले म्यानमारको यसअघिको सैनिक सरकारले जेलमा राखेका ती बन्दीको रिहाइका लागि यसअघि पनि पहल गरेकी थिइन् ।

बिहीबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले म्यानमारको सैनिक सरकारले राजनीतिक आस्थाका आधारमा जेलमा राखेका राजनीतिक कार्यकर्ताहरूका साथै विभिन्न विद्यार्थीलाई रिहा गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिएको हो ।

उनले म्यानमारको जेलमा रहेका ठूलो सङ्ख्याका यस्ता राजनीतिक बन्दीलाई रिहा गर्नका लागि आफूले व्यापक रूपमा पहल गर्ने जानकारी दिए । विदेशमन्त्री सुकीलाई राष्ट्रिय सल्लाहकारको रूपमा पनि एक अति विशिष्ठ स्थान म्यानमारको सरकारले दिएको छ ।

उक्त पदमा बहालीपछिको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने,-‘जुन कामका लागि म बिगत लामो समयदेखि लडेकी हुँ र अब तत्कालै म त्यो पहल गर्नेछु । ’

यसका लागि मैले सरकालाई व्यापक मात्रामा सुझाव तथा प्रेसर दिनेछु, उनले भने,- ‘यस कार्यमा सरकार पनि गम्भीर छ र जसका कारण आगामी दिनमा आस्थाकै आधारमा यस्तो कुनै पनि व्यक्तिले बिनाकुनै कारण जेलमा बस्नुपर्ने अवस्था आउने छैन । ’

उनले के कति भन्नेभन्दा पनि म्यानमारको जेलमा राजनीतिक कारणले परेका सबैजसोलाई नै आममाफी दिनेगरी रिहागर्ने पक्षमा पहल गर्ने सङ्केत गरेकी बताइएको छ ।

तर त्यो पहल कहिलेदेखि सुरु हुन्छ र कहिलेसम्ममा ती बन्दी रिहा हुनेछन् भन्ने बारेको समय भने उनले दिएकी छैन । सुकी हालैमात्र म्यानमारको विदेशमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँले म्यानमारमा दशकौँदेखि प्रजातन्त्रका लागि लड्दै आएकी छिन्।

यसअघि कैयौँ वर्षदेखि म्यानमारमा सैनिक शासन कायम रहेकोले उनीहरूले प्रजातन्त्रको मागगर्ने अधिकारवादीहरूलाई बन्दी बनाउँदै आएका छन् ।

रासस÷एएफपी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण