गृहपृष्ठ » समचारबर्दियामा पाटेबाघको छालासहित एक जना पक्राउ

बर्दियामा पाटेबाघको छालासहित एक जना पक्राउ

April 8, 2016९५ पटक

बर्दिया, चैत २६ – बर्दियाको सुर्यपटुवा ९ सोताहाबाट पाटेबाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले बिहीबार राती बर्दिया बनियाभार ४ का ३९ वर्षिय टिकाराम थारुलाई पाटेबाघको छालासहित पक्राउ गरेको हो ।

जंगली जनावरको अंग ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा केन्द्रीय अनुसन्धान व्युरो र बर्दिया प्रहरीको संयुक्त टोलीले सुर्यपटुवा ९ सोताहाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो र प्रहरी सहितको टोलीले गरी गतवर्ष माघ महिनादेखि हालसम्म यो सँगै १५ वटा पाटे बाघको छाला र १ सय ३० किलो हड्डीसहित २६ जनालाई पक्राउ गरिसकेको छ । बाघको छाला ओसार पसारमा संलग्न अधिकांश भारतीय नागरिक रहेको पाईएको छ ।

सुदुरपश्चिम प्रहरी क्षेत्रीय अनुसन्धान व्युरोमा रहेका प्रहरी नायव निरीक्षक बिरेन्द्र जोहारीको कमाण्डमा खटेको टोलीले मात्रै मध्यपश्चिम र सुदुरपश्चिमबाट हालसम्म ९ वटा पाटे बाघको छाला र १ सय २५ किलो बाघको हड्डी सहित उनीहरुलाई पक्राउ गरेको हो । बाँकीलाइ प्रहरी सहितको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बाघको छाला सहित पक्राउ परेकालाइ बन्यजन्तु ऐन अनुसार ५ देखि १५ बर्ष सम्म कैद वा १ देखि ५ लाखसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ । पाटेबाघ नेपाल लगायत विश्यमै लोपोन्मूख सूचिमा पर्छ । पक्राउ परेका थारुलाई इलाका प्रहरी कार्यालय ढोढरीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण