गृहपृष्ठ » अार्थिक, मुख्य समाचारतौलिहवामा चैत्र ३० गते दोस्रो सडकखाना महोत्सव हुदै

तौलिहवामा चैत्र ३० गते दोस्रो सडकखाना महोत्सव हुदै

April 8, 2016२५१ पटक

सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा चैत्र ३० गते दोस्रो सडकखाना महोत्सव हुने भएको छ । नयाँ बर्षका अवसरमा तौलिहवामा महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समीतिका संयोजक सन्दिप श्रीवास्तबले स्थानिय परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगीतिक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताउँनुभयो ।

सो अवसरमा महोत्सवका संरक्षक प्रकाश घिमिरेले थारु,अवधि,मुस्लिम,नेवारी, गुरुङ, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल रहने बताउँनुभयो । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन गर्ने र १५ लाख

बढिको कारोबार हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । महोत्सवमा निशुल्क प्रबेशको व्यवस्था हुनुका साथै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली अधिकारी र भारतिय कलाकारहरुको प्रस्तुती पनि रहनेछ बताउँनुभयो । स्थानिय मयुर नाच, याक नाच, अहिरौवा नाच र थारु नाच महोत्ससवको प्रमुख आकर्षण रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण