एक करोड नक्कली भारुसहित ६ जना पक्राउ
२०७२ चैत्र २६
काठमाडौंः एक करोड नक्कली भारतीय रुपैयाँसहित ६ जना काठमाडौंमा पक्राउ परेका छन् ।
प्रहरीले ठमेलसहितका इलाकामा छापा मारेर नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली, भारतीय र पाकिस्तानी नागरिक छन् ।
प्रहरीको विशेष व्युरो र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले छापा मार्नेक्रममा उक्त परिमाणको नक्कली पैसासँगै ६ जनालाई पक्रन सफल भएको हो ।
पक्राउ पर्ने सबैको नाम गोप्य राखिएको छ । नक्कली भारुसहित पक्राउ परेका ६ जनालाई आज दिउँसो तीन बजे रानीपोखरीस्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।