गृहपृष्ठ » राजनीतिसंसद्को चुनाव गरेर मात्र सरकार छाड्छुः प्रधानमन्त्री

संसद्को चुनाव गरेर मात्र सरकार छाड्छुः प्रधानमन्त्री

April 8, 2016१०७ पटक

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम ल्याउने तयारी

प्रकाशित मिति: शुक्रबार, चैत्र २६, २०७२
काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घको छैटौँ महासम्मेलनको उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको उल्लेख गरे । अब आउने बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम अघि सार्ने उनले बताए ।

आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी गरे ।

मुलुकलाई एक वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्षभित्र निर्यात गराउन सक्ने गरी सरकार अघि बढेको बताउँदै उनले भने, ‘त्यहीअनुसार काम गर्न म कार्यकर्तालाई आग्रह गर्दछु ।’

रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण