गृहपृष्ठ » खेलकुद, समाचारहरुपेसिडेन्ट कप फुटवलको फाईनल शनिबार

पेसिडेन्ट कप फुटवलको फाईनल शनिबार

April 8, 2016२२० पटक

विकाश पराजुली
बुटवल चैत २६ । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को फाईनलमा विभागिय टिम त्रिभुवन आर्मी र घरेलु टिम सुनौलो संगम युवा क्लव रुपन्देही शनिबार भिड्दै छन् ।
यी दुई टिम भोली बुटवल १२ स्थित मानFootballवज्ञान उच्च माविको खेल मैदानमा उपाधिका लागि भिड्नेछन् । विहिबार भएको सेमिफईनलमा नवज्योति युवा क्लव सिमरालाई ४–० ले हराउँदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको हो । सुनौलो संगम युवा क्लव भने विभागिय टिम एपिएफलाई सेमिफाईनलमा ४–२ ले हराउँदै फाईनलको यात्रा तय गरेको थियो ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको समापनको अवसरमा पुर्व सभामुख सुवास नेमाङ आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण