भारतसंग झुकेर वस्ने दिन गए
बुटवल, चैत २६ । नेकपा एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले
बताउनुभएको छ । वहाँले नेपाल र चीनवीच भएको पारवाहान सम्झौतासंगै सधैभरी भारतसंग झुकेर वस्ने दिन सकिएको ठोकुवा गर्नुभयो ।
अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस इकाई कमिटीले शहीद देवीलाल पौडल र प्रचण्ड थैवको स्मृतिमा बिहीबार आयोजित नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत, पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रममा बोल्दै अधिकारीले सदीयौं देखिको भारतको एकाधिकार तोडिएको बताउनुभयो । भारतसंग सधैभर झुकेर नवस्नका लागि चीनसंग पारवाहान सम्झौता गरिएको वहाँले बताउनुभयो ।
संसदीय विकास समितिका सभापति र अनेरास्ववियुका पूर्व केन्द्रिय अध्यक्षसमेत रहनुभएका नेता अधिकारीले चीनसंगको सम्भौताले आर्थिक विकासका लागि ढोका खुलेको बताउनुभयो । उहांले नयां तरिकाबाट सोच्ने बेला आएको बताउंदै नेपाललाई नयां ठाउंमा उभ्याउन उत्तरका धेरै नाका खोलिएको दावी गर्नुभयो ।
९० प्रतिशत प्रतिनिधिले बनाएको संविधानप्रति भारतले चित्त दुखाउनुको कूनै औचित्य नभएको बताउनुभयो ।
आफ्नो संविधानलाई पुरा ठान्ने भारतले नेपालको संविधानलाई अपुरो भन्नुको अर्थ नभएको चर्चा गर्दै अपुरो र अधुरो भएको संविधान नेपाली जनताले संशोधन गर्ने हो, मोदीले होइन भन्दै भारतको आलोचना गर्नुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईले बुटवल क्याम्पसलाई स्तरउन्नती गरी विश्व विद्यालय बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहांले विश्व विद्यालयका समस्या र चुनौती थुप्रै भएको बताउंदै त्रिविवि अन्र्तगतका क्याम्पसहरुका समस्याबारे एमाले गम्भीर रहेको बताउनुभयो ।
अनेरास्ववियुका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनुभएका नेता भट्टराईले देशलाई अघि बढाउने जिम्मा एमालेको काँधमा आएको जिकिर गर्दै हरेक नेपाली विद्यार्थीका समस्याप्रति एमाले प्रतिवद्व भएर लाग्ने बताउनुभयो ।
अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रश्मी आचार्यले विद्यार्थीहरुको आन्दोलनलाई जोगाई राख्न सबै विद्यार्थी संगठन मिलेर स्ववियु निर्वाचन गर्नुपर्ने बताउनुभयो । सार्वजनिक क्षेत्रको शिक्षाको अवस्था खस्कदो भएको बताउंदै उहांले अन्तर्राष्ट्रिय वजारमा प्रतिष्पर्दा गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्व स्ववियु सभापति एवं नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र के.सी., अनेरास्ववियुका पूर्व सचिवालय सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका स्ववियु सभापति बाबुराम पन्थी, अनेरास्ववियुका पूर्व सचिवालय सदस्य बसन्त ढकाल, अनेरास्ववियु रुपन्देही अध्यक्ष सन्दिपकुमार वि.क, जिल्ला सहसचिव एव क्याम्पसका निर्वतमान अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्दै शिक्षा क्षेत्रमा विकृतिलाई हटाउन तत्काल स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो ।
क्याम्पस कमिटी संयोजक नविन थापा सारुको अध्यक्षता र भरत अर्यालको सञ्चालनमा भएको कार्यक्रममा साप्ताहिक रुपमा भएका विभिन्न शैक्षिक, खेलकुंद र सांस्कृतिक कार्यक्रममा उत्कृष्ट हुने समूह र व्यक्तिलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा लोकगायक श्रीस देवकोटा, वैकुण्ठ महत, जिवन परियार र हास्यव्यङ्क कलाकार राजाराजेन्द्र पोखरेल लगायतले आ–आफ्ना कला प्रस्तुत गर्नुभएको थियो भने क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।