गृहपृष्ठ » समचारजंगलमा लागेको आगोले आठ घरगोठ जलेर खरानी

जंगलमा लागेको आगोले आठ घरगोठ जलेर खरानी

April 9, 2016७६ पटक

सन्तोषकुमार गुप्ता, भालुवाङ्ग २७ चैत ।।

लालमटिया—७ सानीघोसमा शुक्रबार साँझा जंगलमा लागेको आगोले आठ घरगोठ जलेर खरानी भएको छ । सानीघोस सामुदायिक वनमा लागेको आगो सानीघोस बस्तीमा पसे पछि उक्त गाउँको आठ घरगोठ जलेर नष्ट भएको हो ।
आगलागीबाट लोकबहादुर राना, गिरबहादुर गाहा, अङ्गबहादुर रखाल, गिरबहादुर रखाल, यमबहादुर सुनारी र शशीराम बुढाको घर र गोठ जलेर पूर्ण रुपले खरानी भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ । आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, नगद र पशुचौपाय गरी ४१ लाख बढीको क्षति भएको प्रहरी प्रमुख मदन केसीले बताउनु भयो । साँझा ५ बजे लागेको आगो राती करिब ९ बजे मात्र नियन्त्रणमा आएको थियो । अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् भने अहिले सम्म कुनै राहत समेत नपाएको पडितहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण