गृहपृष्ठ » बिचार/ब्लगबाबा छोरीले केटा रोज्न किन नपाउने

बाबा छोरीले केटा रोज्न किन नपाउने

April 10, 2016३०३ पटक

रोजिता पंगेनी बिश्वकर्माrojita

हाम्रो नेपाली समाजमा छोराले छानी छानी केटी हेरेर विहे गर्न पाउने छुट छ । छोराले केटीको आँखा ठिक छ की छैन, कान ठिक छ की छैन, कति पढेकी छ । छोरालाइ आफुले विहे गर्ने केटीको शारिरिक बनावट कस्तो छ (अग्ली होची, मोटी, पातली, मध्यम कद भएकी, गोरी, काली, मध्यम स्तरकी, वानी व्यवहार, चाल चलन, रहन सहन आदी आदी हेर्न पाउने अधिकार छ ।

तर त्यही परिवारमा जन्मेकी छोरी जसका सकरात्मक र सुन्दर सपनाहरु छन । त्यो छोरीले एउटा सज्जन, व्यावहारीक र उसको भावना आफ्नो भवना संग मेल खाने केटालाइ आफ्नो बनाउन चाहेकी छ, आफुलाइ धेरै भन्दा धेरै मायाँ गर्ने मान्छेलाइ आफ्नो साथ दिन पाँउ भनेर रात दिन भगवान संग पुकार गर्छे, जीन्दगी भर आफुलाइ खुसी दिन सक्ने र सुख संग पाल्न सक्ने अनि सधै सधै आफ्नो ओठमा हाँसो हेर्न चाहने मान्छेलाइ आफ्नो मन मुटुमा सजाएकी छ, तर त्यो छोरीलाइ आफुले रोजेको फुल टिप्न पाउने कुनै अधिकार दिइएको हुदैन ।
विचरा त्यो छोरी अफ्नो जीवनमा आउने जीवन सारथी जस्तो सुकै होेस उसैलाइ आफ्नो भन्नु भर्ने बिवशताले दुखी बनेकी छ ।
नेपाली समाजमा रहेका अधिकांस छोरीहरुलाइ त्यो जीवनसंगी सज्जन होस या दुर्जन, राम्रो होस या नराम्रो, शारिरिक रुपमा सवल होस या दुर्वल, पढेको होस या अनपढ, आफ्नो भवाना उसको भवना संंग मेल खाओस वा नखाहोस तर त्यो केटालाइ बाबा आमाको खुसीको लागी भनेर जीवन साथीकोे रुपमा स्वीकार गर्नु पर्ने बाध्यता छ ।

नेपाली समाजमा रहेका हाम्रा दाजु भाइ कुन जमानमा छन । कति औँ सताव्दीमा छन । लाग्छ उनीहरु अझै पनि ढुङ्गे युगमा बाँचिरहेका छन । हाम्रो नेपाली समाजमा अधिकांस पुरुषहरुले महिलाहरुलाइ दमन गरीरहेका छन । महिलाको पक्षमा वोल्न नखोज्ने पुरुष मनहरु सत्र्रत्र देख्न सकिन्छ । जुन श्रीमतीले दाइजो नल्याएको निहुम आफ्नो श्रीमानबाट र घर परिवारबाट कठोर यातना भोगेरहेकी छे तिनीहरुको ठाउमा आफु उभिएर हेर्न जरुरी छ ।जुन बाबा आमाले केटाको परीवार धनी छ भनेर आफ्नी छोरीलाइ बानी व्यावहार केही नहेरी लागु औषध र दुव्र्यसनीमा फसेरको केटा संग विहे गरीदिन्छन ।त्यही लागु औषध र दुव्यसनीमा फलसेको अनि जाँड रक्सि खाएर रात दिन आफ्नो श्रीमतीलाइ कुट्ने र कठोर यातना दिने श्रीमानको श्रीमती भएर हेर्न आवश्यकता छ ।माथी प्रयुक्त वाक्यांशबाट यो बुुझ्नु जरुरी छ की विहे गर्ने भन्ने जस्तो अति महत्व कुराको निर्णय गर्ने अधिकार छोरी स्वयमलाई दिनु पर्दछ ।नत्र त विचरा त्यो छोरीको जीवन निराश बन्न पनि सक्छ ।
आमा बाबालाइ सम्मान गर्नु पर्छ त्यसमा सबैले सहमती जनाउनु आवश्यक छ, तर… के खुसी भन्ने चिज आमा बाबा र दाजुभाइको मात्र हो त ? आमा बुबा दाजुभाइ हुन भन्दैमा सबै विचार अनि निर्णय सही र उपयुक्त हुन्छ भन्ने छैन । कतिपय अवस्थामा छोरीले गरेका निर्णयहरु पनि एक्दमै उपयुक्त र जायज हुन सक्छ । छोरीको जायज माग र निर्णयमा आमा बाबाले पनि समर्थन जनाउनु आवश्यक छ । सबै छोरी एउटै प्रकृतिका हुन्छन भन्ने पनि छैन । कतिपय छोरीमा सकरात्मक सोच र आधुनीक विचार हुन्छ । उसमा नयाँ चेतना र नया जोस जाँगर पनि हुन्छ । उ यथास्थीतीमा बस्न नचाहाने पनि हुन्छे । परिवर्तनकारी सोँच र विचार अनि कदमलाइ वास्तविक सचेत बाबा आमाहरुले साथ दिनु आवश्यक छ । एउटा कुरा हिजो आमा पनि छोरी हुनुहुन्थ्यो कुनै घरको । उहाँहरु पनि चाहानु हुन्थ्यो आफुले भने जस्तै होस, आफ्ना सबै सपनाहरु पुराहोउन तर सबैलाइ जानकारी छ, नेपाली समाजको व्यवस्थाले उहाँको चाहाना, सपना त्यसै त्यसै मरेर गएको छ । उहाँ त्यही पुरातन समाज व्यवस्थामा रमाउने बानीमा पर्नुभयो अनि विर्सनु भयो आफ्ना चाहाना र सपनाहरु, त्यसैले त अधिकांस नेपाली समाजका आमाहरु छोरी आफुले नै भनेको केटा संग विहे गर्नु पर्छ भन्ने मान्यता राख्नुहुन्छ । जीन्दगी आमा बाबाले जीउने हैन, जन्दिगी त छोरीले हो जिउने । आफ्नो जीवन कसरी रङ्गीन बनाउने र आफ्नो जीवन कसरी अर्थपुर्ण बनाउने भन्ने सम्पुर्ण अधिकार छोरीलाइ हुनु पर्छ । त्यसो त अधिकार भयो भन्दैमा छोरीले पनि आफुलाई कालन्तरमा घात हुने निर्णय अनि जे पायो त्यही निर्णय गर्नु हुँदैन । सबै बाबा आमाको खुसीलाइ सर्वस्व ठान्दा थुप्रै छोरीहरुको जीन्दगी उदाङ्ग बनेको उदारणहरु छन ।

नेपाली समाजको यथार्थ–आमा बाबाको खुसी मात्र भन्दा हिमालमा झुण्डिएर मर्न विवश छन थुप्रै नेपाली छोरीहरु । त्यही आमा बाबाको खुसी खुसी भन्दा तराइमा बिष पिउन बाध्य पनि छन नेपाली छोरी । यहाँ आमा बाबाको खुसी मात्र सर्वश्व ठान्दा पहाडमा हाम फालेर मर्नु परेको छ छोरीलाई । किन बुझ्दैन यो समाजले एक छोरीको बेदना । जुन छोरीकोे आफ्नो आमा बाबाको कारण ओठमा हासो र मनभरीका खुसी लिटिएको छ, तिनीहरुले नै किन भन्छन हामीले आमा बाबाको खुसी देख्नु पर्छ । एउट याद गर्नुपर्ने विषय – अव छोरीहरुले आफ्नो जीवन रङीग र अर्थपुर्ण बनाउने हो भने आफुले देखेको सपना पुरागरी त्यही सपनामा रमाउन सिक्नु पछ । आफुले नै बुनेका सपनाहरुमा नै हाँस्न सिक्नु पर्छ । अनि आफुले नै खनेको बाटो हिड्नु सिक्नु पर्र्छ ।नेपाली समासमा रहेका सम्पुर्ण आमाबाबाहरु महिला अधिकार र समताका कुरा नारामा र भाषणमा मात्र हैन व्यवहारमा नै लागु गर्नु आवस्यक छ । पुरानो सोँच र विचारका साथ हैन नविन सोँच र नविन विचार जन्माउनु आवस्यक छ । १८ औँ सताव्दीका जंगली मान्छे भएर हैन, २१ औ सताव्दीका आधुनिक र प्रगतीशिल मान्छे भएर अगाडी बढ्नु जरुरी छ अनि बल्ल संसार भरीको खुसी बटुल्न सक्छे तिम्री छोरी ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण