गृहपृष्ठ » स्वास्थ्यमहिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास

महिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास

April 10, 2016१६७ पटक

नयाँदिल्ली । भारतले महिलाहरूका लागि विशेष प्रकारको कन्डमको विकास गरेको छ । नयाँदिल्लीमा विशेष कार्यक्रम गरेर महिलाका लागि तयार पारिएको कन्डमको लञ्च गरिएको छ ।female-condom

भारतका केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री जे.पी. नड्डाले मंगलबार महिलाले प्रयोग गर्ने कन्डमलाई सार्वजनिक गरेका हुन् ।

एचएलएल लाइफकेयर लिमिटेडले ‘वेलविट’ ब्रान्ड नाम दिएर महिला कन्डम बनाएको हो ।

महिला कन्डम पूरै सुरक्षित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ । महिलाका लागि तयार पारिएको यो कन्डमले गर्भनिरोध गर्नुका साथै विभिन्न रोगको संक्रमणबाट जोगाउनेछ ।

महिला र पुरुष दुबैलाई शारीरिक सम्पर्क बेला हुने आनन्दलाई कम हुन नदिने गरेर महिला कन्डम आविस्कार गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण