गृहपृष्ठ » मनोरञ्जनदुबईमा अब तिम्रो दुनियाँ म छोडेर जादैछु

दुबईमा अब तिम्रो दुनियाँ म छोडेर जादैछु

April 10, 2016१५३ पटक

 कमल न्यौपाने । युएई । स्थापनाको छोटो समयमै अन्जुली म्युजिकले आफ्नो काम नेपाल र युएईबाट सुरु गरेको छ । आफ्नो पहिलो प्रस्तुतिको सम्पुर्ण काम नेपालमा गरेको अन्जुलि म्युजिकले आफ्नो दोश्रो गीतको काम युएईमा गर्दैछ । युएईमै गीत रेकर्ड तथा भिडियो छायांकनको सुबिधा दिएको अन्जुली म्युजिकले नयाँ प्रतिभावान कलाकारको खोजी गर्दै अघि बढिरहेको छ । बाध्यताले परदेशिन पुगेका तर आफुमा कला र गला भएर पनि पछि परेका कलाकरलाई स्थान दिन आफुहरुले यो कार्य शुरुवात गरेको अन्जुली म्युजिकका संस्थापक कुमार बस्नेतले जानकारी दिएका छन ।kamal 1

परदेशमा रहेका नेपालीले आफ्नो मन हुँदा हुँदै पनि यो क्षेत्रमा लाग्नको लागि बातावरण नपाएकोले आफुहरुले उक्त प्रकारको बातावरणको निर्माण गरी सबै कलाकारलाई एकैसाथ अघी बढाउने बस्नेतको भनाई छ । अप्रील ८ तारिख शुक्रबारको दिन अन्जुली म्युजिकले आफ्नो नयाँ आधुनिक गीतको दुबईका विभिन्न मनोरम क्षेत्रमा छायांकन सम्पन्न गरेको छ । देवदहका प्रतिभावान सर्जक शन्देश ढुङगानाको अब तिम्रो दुनियाँ म छोडेर जादैछु बोलको आधुनिक गीतको भिडियो दुबईमा छायांकन गरिएको हो । भिडियोमा युएईमै रहेर कलाकारितामा लागिरहेका मोडलहरुको अभिनय रहेको छ । भिडियोमा तिलक सापकोटा,अनिल खरेल र दिपा सुनारको अभिनय रहेको छ । दुबईमा छायांकन गरिएको भिडियोको संयोजन अन्जुली म्युजिकका प्रतिनिधि मोहन बोमरेलले गरेका थिए ।

kamal  उक्त गीतको भिडियो बाग्लुङ जिल्ला गल्कोट घर भई हाल रोजगारिको शिलशिलामा दुबईमा रहेका कमल निर्जनले गरेका छन । २०६८ सालदेखी निरन्तर गीत संगीतको क्षेत्रमा लागेका निर्जन आफ्नै बाध्यताले दुबईमा रह्र्का छन । आफैमा बहुमुखी प्रतिभा भएका निर्जन भिडियो निर्देशन तथा छायांकन संगै गीत लेखन र लय निर्माणमा पनि गर्ने गर्छन । स्वदेशमा देखिएका थुप्रै समस्या र आफुले त्यहाँ सम्भावना नदेखेकै कारन परदेश हानिन परेको नमिठो अनुभव निर्जनले हामिसङ साटे । नेपाल र युएईमा गरि हालसम्म ३ दर्जन जति गीतको काम आफुले गरिसकेको निर्जन बताउछन । थुप्रै गीतमा निर्जन आफैले अभिनय समेत गरिसकेका छन । आफू यो क्षेत्रमा लागिसकेकोले छोड्न नसकिने भएरै दुबईको बसाईमा पनि सोही काम अंगालेको निर्जनको भनाई छ । काम पछिको बाकी समयमा यो क्षेत्रको काम निर्जनले गर्ने गरेका छन । युएई आएको छोटो समयमा १० वटा जत म्युजिक भिडियो निर्देशन गरिसकेका निर्जन यो क्षेत्रमा निकै आशलाग्दा पात्रका रुपमा देखिएका छन । आफ्नो नशा र रगतमा पनि गीत संगीत भएकोले यो क्षेत्रको छोड्न नसकेको निर्जनले हामिलाई बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण