अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतसम्म हल्लियो
काठमाडौं, श्रावण २५ । अफगानिस्तानमा सोमबार दिउसो ५ दशमलव ९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको झट्का भारत प्रशासित जम्मु-कश्मिर, पन्जाब, दिल्लीलगायत पाकिस्तानको राजधानी इस्लामावादमासमेत महसुस गरिएको थियो ।
अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दू अफगानिस्तानको फैजावाद देखि ८८ किलोमिटरटाढा, जमिनमुनि २ सय ९ किलोमिटरमा रहेको थियो ।
भूकम्पले पुर्याएको क्षतिबारे विवरण आउन बाँकी छ । (एजेन्सी) – See more at: http://imagekhabar.com/samachar/detail/50854/28/.shtml#sthash.fogfn9oO.wntDeSB8.dpuf