गृहपृष्ठ » मुख्य समाचार, विशेषगित गायर छाक टार्दै दृष्टिविहीन

गित गायर छाक टार्दै दृष्टिविहीन

April 10, 2016१४३ पटक

टक सुनार
देवदह ,चैत्र २८ । दिन दुई गुना रात चौगुनाका दरले बढ्दै गइरहेको वेला समान्य मानिसको जनजिव प्रभावित भइरहेको छ । झन दृष्टिविहीनको अबस्था कस्तो होला हामीले सहजै अनुमान लगाउन सक्छौँ । हरेक कार्य गर्दा हेर्नु आवश्यक छ तर हेर्न अर्थात देख्न नसक्ने दृष्टिबिहीनहरुले बाच्ने नयाँ तरीका अपनाएका छन ।

त्यो हो आफ्नो कलाको माध्यमबाट दर्शकलाई मन्त्रमुग्ध बनाएर आर्थिक सङ्कलन गर्ने । आफ्नो प्रतिभा देखाउने क्रममा देवदह आइपुगेका दृष्टिबिहीनहरुले गितको माध्यमबाट आफ्नो वेदना प्रसतुत गरेका थिए । बिगत ५ बर्ष देखि सडकमा गित गाउँदै आउनु भएका दृष्टिबिहिन कलाकार बम बहादुर नेपालीले गित गायर जिवन धान्न गाह्रो भएको दुखेसो गर्नु भयो । कहिले काहीँ पैसा धेरै नै हुन्छ कहिले काहीँ त पैसा नउठेर भोकै सुत्नु पर्ने अवस्था आएको बताउनु भयो ।

dristi bihin copyदृष्टिबिहीन हेल्प तथा स्वारोजगार नामक गैर सरकारी संस्थाले दृष्टिबिहीनहरुलाई एकजुट गरी सास्कृतिक कार्यक्रम देखाएर आय आर्जन गर्ने वातावरण मिलाईदिएको हो । त्यतिकै माग्न जाँदा नानाथरी गाली सुन्नु पर्ने तर सास्कृतिक कार्यक्रम प्रस्तुत गर्दा दर्शकले आफ्नो खुसीले पैसा दिने गरेको बिगत लामो समय देखि सडकमा हार्मोनियम बजाउदै आउनु भएका दिवश काफ्लेको अनुभव छ । सरकारको निती अपाङ्ग मैत्री नहुँदा आफुहरुले दुःख पाएको र सबैलाई लोकतन्त्र आय पनि आफुहरुलाई लोकतन्त्र नआएको दृष्टिबिहीन सागर थापा बताउनुहुन्छ । सरकाले दृष्टिबिहीनहरुलाई तालिमको ब्यवस्था गरी स्वरोजगार बन्ने अवशर जुटाइदिए भोकै मर्नु पर्ने अवस्था आउने थिएन । यस तर्फ सम्बन्धित निकाएको बेलैमा ध्यान जानु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण