गृहपृष्ठ » बिचार/ब्लगलाहुरे बन्ने सस्कार बाट रास्ट्र जोगाउ !!

लाहुरे बन्ने सस्कार बाट रास्ट्र जोगाउ !!

April 10, 2016३४१ पटक

सुशान आचार्य ( रबि )susan acharya

छोरो बिदेश गयको छ ,केहि पैसा पठाइदेला र चाडबाड मनाउला ।परिवारका सदस्य घर फर्केलान र साहुको ऋण तिरेर खुसिसाथ रमाउन सकियला ।पिडासङै आसाका हर्स र यस्तै यस्तै परिकल्पनाका साथमा प्रतेक बर्ष अधिकाम्स नेपाली का ठुला साना चाडपर्ब दसै ,तिहार,छ्ट दिपावली मनाउने अबस्थामा पुग्छन केबल आसामा रमेर ।
पछिल्लो तथ्यांक अनुसार हेर्दा नेपालको जनसंख्याको ५७% मानिस क्रियासिल अबस्थामा छन ।तर बिडम्बना नेपालको उर्वरभुमिमा ति उर्जासिल जनशक्तिले आफ्नो पसिना बगाउन पाउदैनन ।हो आज अरबको खाडी हरियाली बनिरहेको छ । दुखद कुरो त उर्जासिल र कर्मठ युवा जनशक्ति स्वदेश मा रोजगारी को अबसर नपाय पछि त्यही खाडिमा कोहि भेडा गोठमा त कोही तातो बालुवा मा काम गर्न बाध्यताबस पुगेका छन ।त्यसोत दुख कष्ट गरेर बिदेशी भुमिमा गुलाम बन्न पुगेका होनहार युवा शक्ति को नोकरी पनि भगवान भरोसा नै बन्न पुगेको छ ।
नेपाल मा रोजगारी नपायपछी बिदेशीनुपर्न बाध्यता बुझेर सरकारले पनि वैदेशिक रोजगारी मा पुगेकाको उचित ब्यवस्थापन गर्नु पर्दथ्यो ।
तर त्यसो भयन अनि आज कयौ सडदै छन खाडिमा त कयौ लाइ मारेर फाल्दिय बिदेश कै
झाडिमा यसो हुनुमा हो हामीपनि जिम्मेवार छौ तर सबैभन्दा बढि जिम्मेवार छ नेपाल सरकार ।
बिदेश बाट नेपाली ले रगतपसिना बेचेर पठायको रेमिटान्सका भरमा थेगियको छ नेपाल र सरकार भने यसैमा मख्ख छ ।
झन्डै ५० लाख भन्दा बढी नेपाली नागरिकले बिदेशी भुमिमा चुहायको पसिनाबाट मात्र मुलुक चलिरहेको छ । चाहे यहा मन्त्री र नेताले जति ठुलो भासन लगाय पनि ।
आज यहि रेमिटान्सको आगमन नै यतिबेला अर्थतन्त्रका लागी भयानक पाटो बनिरहेको छ ।उत्पादन मर्दै गयको छ ।प्रत्येकबर्स बजेट रकमभन्दा अर्बौं बढि रेमिटान्स नेपाल भित्रिरहेको छ ।तर आखिर कहा खर्च भएको छ यत्रो रकम ,,?त्यसैले अब समयमै सोच्नुपर्ने बेला भयको छ ।नत्र मुलुक ठुलो दुर्घटनामा पर्न छ ।
गाउको एउटा कामदार ऋण गरेर बिदेश गयको छ ।ऋण तिर्नैपर्यो ।छोराछोरी ,आमाबाबु ,श्रीमतीलाइ खाने लाउने ब्यवस्थापन र केटाकेटीको स्कुल फिस तिर्नुपर्यो ।अलिअली बचेको रकम घर घडेरी सुन किन्न खर्च भैरहेको छ ।त्यो रकम केबल मानिसमा मात्र सिमित बनिरहेको छ ।आधुनिक प्राविधिका सामन खरिद हुदैछन । कसैलाई मोबाइल त कसैलाई घडि अनि फेरि त्यो लाहुरे रकम लाइ बिदेश तिरै पलायन ।
भुकम्पले देखको केन्द्रिय भाग लगायत धेरै जिल्लामा थिल्थिलो बनायको पनि बर्ष दिन पुग्न अब केहि दिन मात्र बाकी छ ।यहा पुनर्संरचना तयारी गर्नुछ ।तर बर्ष दिन सम्म पनि सरकार ले खासै संतोषजनक काम गर्न सकेन न त अब पुर्ननिर्माण गर्न नेपाल मा रहे मनग्य युवा जनशक्ति नै । सरकार सङ पनि कुनै खास योजना देखिन्न ।
अहिले हुलका हुल मानिस त्रिभुवन अन्तरास्ट्रिय बिमान्स्थल प्रयोग गर्दै बाहिरी रहेका छन ।देश भित्र उत्पादन मर्दै गयो ।अब मान्छेलाइ खेतिपाती गर्न रहरपनि छैन ।उत्पादनसिल जनशक्ति बिदेशीयपछी यहा श्रम गर्न सक्ने र गर्न चाहने जनसक्तिलाइ पनि राज्यले आबस्यक सहयोग र सल्लाह दिन सकेको छैन ।
नेपालमा भयका केहि जनशक्ति पनि अब बिदेश बाट आफन्तले कमायर पठायको पैसाबाट आराम दाइ जिबन बिताउन चाहान्छन ।
उनिहरु श्रम गर्न चाहादैनन ।स्वदेस्मा भयको जनशक्ति पनि अल्छी भएको छ ,बिदेशबाट फर्किय पछी अधिकाम्स ले भनेको सुनिन्छ ,त्यहा गर्न श्रम सिप नेपाल मा प्रयोग गर्न हो भने नेपाल मा सुन फलाउन सकिन्छ ,तर खै ,,,?अधिकाम्स युवाशक्ति बिदेशीन नै उदित छ किन आखिर ,,?अधिकाम्सको एउटै उत्तर आउछ ,मुलुकमा काम गर्न बाताबरण छैन ,तर बाताबरण कस्ले बनाउने ,,?हामी पनि स्वदेसमा श्रम गर्न लाज मान्छौ आखिर किन,,??
यि प्रस्नको उत्तर खोजेर उत्पादनसिल जनशक्ति बिदेशीन बाट रोक्ने बेला अब आयको छ ।
आजको अबस्थामा एकातिर रास्ट्रको बजेट समेत मागेर चलाउनुपर्ने ,अर्कातिर रास्ट्रको अर्थतन्त्र बिदेशमा बस्ने नेपाली ले धान्ने यस्तो अबस्थामा हामी र रास्ट्र कतिदिन चल्ला,,?
त्यसैले स्वदेशमा नै केहि गरौ भन्ने भावना सबैमा जगाउन आबस्यक छ भने सरकार ले पनि हाउबुजिको खेललाइ छोडेर एक चोटी गम्भीर भयर सोच्ने बेला आयको छ ।
अब सरकार वा गरिबी निवारण मन्त्रालय ले पनि भन्न सक्नुपर्छ ,हामी सहयोग गर्छौ युवा अघि बढनुस यहा कतिपय त गर्न खोज्दा सहयोग नमिलेरै निरास भयर बेसेका छन ।
अब सरकार ले स्पष्ट योजना दिन आबस्यक छ सन्सार आज परिबर्तन भयको छ त केहि गरेर नै भयको छ बिदेश बाट आयको रेमिटान्स लाइ उत्पादनसि छेत्रमा लगाउ ।कसैलाई बुङ्गुर पाल्न लगाउ ,कसैलाई जलविद्युत मा काम गर्न अबसर दिउ ,कोही म्याग्दि जाउ त्यहा फलफूलको जुस निकालौ ,लालबन्दी मा टमोटर को क्याचप फ्याक्ट्री खोलौ ।यसले बिदेशीयको पैसालाइ रोक्न मद्धत गर्छ ।
अब यसरी नै सरकार ले पनि ठोस कार्यनीति बनायर अगाडि ल्याउनु पर्यो बिदेशीयको शक्ति लाइ रोक्नु पर्यो ताकी आगामी दिनमा, लाहुरे बन्ने सस्कार बा देश बचाउ सकियोस्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण