प्रज्ञा गौतम मिस मध्यपश्चिम
नेपालगंन्ज,चैत्र २८-
नेपालगन्जमा आयोजित ‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञा गौतमले हात पारेकी छन् । १२ प्रतिस्पर्धीलाई उछिन्दै ब्राइटल्यान्ड कलेजमा बीबीएस अध्ययनरत प्रज्ञाले उपाधि जितेकी हुुन् ।होलिल्यान्ड उच्च माविमा अध्ययनरत दैलेखकी काजल थापा क्षेत्री पहिलो उपविजेता र सेन्ट थोमस उच्च मावि नेपालगन्जकी शिक्षिका अर्चना रावत दोस्रो उपविजेता घोषित भइन् ।विजेता प्रज्ञाले मिस एलिगेन्सको उपाधिसमेत जितेकी छन् । पहिलो उपविजेता काजलले मिस ट्यालेन्ट र दोस्रो उपविजेता अर्चनाले मिस डिसिप्लिनको उपाधि हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा मिस बेस्ट हेयर कल्पना परियार, मिस बेस्ट स्माइल खगी गौतम, मिस पर्सनालिटी कृताञ्जली गुुप्ता, मिस फोटोजेनिक आशा थापामगर, मिस बेस्ट आइज शीलत जैसवाल, मिस कान्फिडेन्स प्रतिभा गुुप्ता, मिस बब्ली सन्दीपा शाही, मिस बेस्ट स्क्रिन कविता रेगामीमगर मिस क्याटवाकको उपाधि रक्षिका बस्नेतले जितेका छन् ।