गृहपृष्ठ » समचारसुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस

सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस

April 10, 2016५५ पटक

काठमाडौं, चैत २८ – सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस हुनु भएको छ । आइतबार बेलुकी बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । उहाँ नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुनु हुने छ ।

संसदीय सुनुवाई विशेष समितिले सुनुवाई पछि अनुमोदन गरेपछि उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुहुने छ । अहिलेको प्रधानन्यायाधीशले वैशाख १ गते अवकास पाउने भएपछि कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो ।

कांग्रेसले संसदीय दलको नेता चयन नगरेका कारण विपक्षी दलका नेता नै नभएपछि परिषदले यसअघि पूर्णता पाउन सकेको थिए । शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेता चयन भएलगत्तै परिषदले कार्कीलाई प्रधान्यायाधीशमा सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण