पानीको समस्या समाधान गर्छौ – उप प्रधान मन्त्री रायमाझी
अर्घाखाँची । उप प्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले पानीको अभाब रहेको अर्घाखाँचीलाई सुख्खाग्रस्त जिल्ला घोषणा गरेरै भए पनि पानीको समस्या समाधान गर्ने बताएका छन् ।
सबै गाँउमा मोटरबाटो पुगेको जिल्ला मात्र हैन अब खानेपानीको सुबिधा भएको जिल्ला र सबै घरमा बिद्युत पुराई लोडसेडिंग मुक्त जिल्ला बनाउन आफु लागि परेको बताए ।
अर्घाखाँचीको अर्घा धरम्पानीमा १० बर्षमा सम्पन्न भएको भट्टेखोरीया लिफ्टींग खानेपानी योजनाको आइतबार उद्घाटन गर्दै मन्त्री रायमाझिले यस्तो बताएका हुन् ।
फन बोर्डको ८५ लाख २४ हजार, स्थानीय उपभोक्ताले उठाएको नगद २५ लाख ७८ हजार र ४६ लाख ५२ हजार बराबरको श्रमदान गरि कुल एक करोड ५६ लाख ९४ हजारको लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णराज आचार्यले बताएका छन ।
१० बर्षै लागेर भएपनि योजना सम्पनन भई धारोमा पानी आउदा खुसी लागेको बताए । खानेपानी योजनाबाट २ सय ६६ घर परिवार लाभान्वीत भएका छन ।