प्रथम देवदह फुड फेस्टिवलमा हाउजी विङ्गो तम्वोला
टक सुनार
देवदह ,चैत्र २९ । रुपन्देहीको पर्यटकिय स्थल देवदहमा आयोजना हुन लागेको प्रथम देवदह फुड फेस्टिवलको तयारी पुरा भएको छ । उद्योग ब्यापार संगठन देवदहको आयोजनामा चैत्र ३० गते देवदहको खैरेनी चोकमा हुने फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको संगठनका सह–सचिव थानेश्वर लम्सालले जानकारी दिनु भयो ।
बाटोमा खाउ बाटोमै रमाउ प्रथम देवदह फुड फेस्टिवल भब्य रुपले मनाउँ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको फुड फेस्टिवलले स्थानिय मौलिक खानाको संरक्षण गर्नुका साथै देवदह क्षेत्रलाई दुग्ध जन्य उत्पादनमा आतमनिर्भर रहेको संन्देश प्रवाहा गर्ने संगठनका अध्यक्ष गोबिन्द ठडराइको भनाई छ । फेस्टिवलमा देवदहमै पहिलो पटक ५० किलोको पेडा प्रर्दशन गर्ने तयारी गरीएको छ । चैत्र ३० गते २ बजे सुरु हुने कार्यक्रम नब बर्ष २०७३ को स्वागत संगै समापन हुने बताइएको छ ।
कार्यक्रममा हिमाल सागर ,राजन तिमल्सीना ,नबिन पौडेल , तेजु अर्याल , प्रशान्त गैह्रे लगाएतको सास्कृतिक प्रस्तुती रहनेछ । फुड फेस्टिवलमा सहभागिले गोपाल अधिकारीको साथमा हाउजी विङ्गो तम्वोलाको मज्जा लिन पाउने आयोजकले बताएको छ । फेस्टिवल २० हजार दर्शकले अवलोकन गर्ने र ५० लाख बराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । स्थानिय स्तरमा हुने यस्ता कार्यक्रमले आन्तरीक पर्यटन बृद्धिमा टेवा पुर्याउने देखिन्छ ।