गृहपृष्ठ » समचाररुपन्देहीको देवदहमा भिषण आगलागि : लाखौको क्षती

रुपन्देहीको देवदहमा भिषण आगलागि : लाखौको क्षती

April 11, 2016११९ पटक

गोबिन्द घर्ती

देवदह ,चैत्र २९ । रुपन्देहीको देवदह–१, मा आगलागी हुदा लाखौ रुपैया बरावरको धनमाल जलेर नष्ट भएको छ । देवदह–१, ६ नम्वर चोक निवासी खुमप्रसाद पाठक र सोही स्थान निवासी देवीप्रसाद पराजुलीको गोठ र परालको टौवामा आगलागी हुदा उक्त क्षति भएको हो । आगलीबाट पाठकको करिव ८० हजार बवारको एउटा भैसी चलेर मरेको छ भने, पाडी घाईते भएको देवदह प्रहरी चौकीले जनाएको छ ।aaglagi (1)

पाठकको गोठबाट शुरु भएको आगलागीबाट देवीप्रसाद पराजुलीको गोठ र परालको टौवा जलेर नष्ट भएको स्थानीयवासीहरुको भनाई रहेको छ । दिउसो समयमा लागेको आगो हवाहुरीका कारण नियन्त्रणमा ल्याउन हम्मे हम्मे परेको देवदह प्रहरी चौकीका ईन्चार्ज गिरीराज अर्यालले बताउनु भयो । प्रहरी प्रशासन, बुटवल नगरपालिकाको वारुद्ध यन्त्र र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रमुख अर्यालले बताउनु भयो ।

गर्मीयाम शुरु भएसंगै आगलागीका घटनाहरु ीदन प्रति दिन बढिरहेकोले सवै सचेत र सजग हुनु पर्ने अर्यालले बताउनु भयो । त्यसैगरी सुनवल–७, उखुवारीमा आगलागीबाट घरगोठ चलेर नष्ट भएको छ । आगलागीबाट सुनवल–७, उखुवारी निवासी बेचन पासीको घर र घरमा रहेका सम्पूर्ण सामान नष्ट भएको स्थानीवासीहरुको भनाई रहेको छ । खोलाको छेउमा लागेको आगो नियन्त्रण गर्न सक्दा पासीको घरमा लागी नष्ट भएको स्थानीयवासीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण