दाङका विभिन्न स्थानमा भिषण आगलागी, एक सय बढी घर खरानी
सन्तोषकुमार गुप्ता, दाङ २९ चैत ।।
दाङको देउखुरी गंगापरस्पुर ८ बाकी र खजरौटा गाउँमा भिषण आगलागी अहिले पनि जारी छ । स्थानिय प्रभु चौधरीको घरमा सोमबार दिउँसो टेलिभिजन हेर्ने क्रममा बिद्युत सर्ट भएर आगलागी भएको बताईको छ । स्थानियहरुले घटना स्थलमा पुगेका सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार करिब एक सय बढी घरगोठ जलेको छ । अहिले पनि आगो लागि रहेको र नियन्त्रण बाहिर रहेको बताईएको छ ।
आगो नियन्त्रणका लागि घटना स्थलमा लमही नगर बिकास समिती र घोराही नगरपालिकाको दमकल गएका छन् । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा समस्या आएको छ ।
स्थानिय र प्रहरीहरु समान बचाउने कार्यमा जुटेका छन् । आगोले व्यापक क्षेति पु¥याउदै जान थालेपछि नेपाली सेना र शसस्त्र प्रहरी गरि ४२ जनाको टोली त्यस तर्फ पठाएका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जानकारी दिए । एकीन बिबरण केही आएको छैन तर स्थिति भयाबह नै रहेको भन्ने सूचनाका आधारमा आगो नियन्त्रणका लागि सेना, प्रहरी र दमकललाई मुभ गराएका छौ काफ्लेले भने । हावा चलेका कारण र फुसले छाएका घरहरुका कारण नियन्त्रण बाहिर रहेपछि स्थानियहरुको रुवावास चलेको छ । बाकी गाउँ हुदै खजरौटा गाउँमा पनि आगो फैलिएको छ ।
खिड्की नाकामा ११ घर जल्दा १० लाख रुपैयाँको क्षति
देउखुरीको राजपुर गाबिस ९ भैसाहीको खिड्की नाकामा फुसले छाएका ११ घरमा आगलागि हुदा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको छ । सोमबार बेलुकी लागेको आगोका कारण खिड्की नाकाका १४ घर मध्य ११ घर जलेर नष्ट हुदा १० लाख १० हजार रुपैयाँको क्षेति भएको प्रहरीले जनाएको छ ।
भारतिय जंगलबाट आएको डढेलो खिड्की नाकाको टोलमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । जंगलको आगो बलबहादुर खड्काको घरमा सल्कीए पछि अन्य घरमा पनि सल्किएको थियो । आगोले बलबहादुर खड्काको ६० हजार, दल बहादुर सुनारको १ लाख २० हजार, राम हादुर शाहिको ६० हजार, रमेश श्रेष्ठको ६० हजार, टंकबहादुर खड्काको १ लाख रुपैयाँ बराबरको क्षेति भएको प्रहरीले मुचुल्का उठाउको छ । त्यस्तै केदार खड्काको १ लाख, लोकेन्द्र चन्दको २ लाख, रुपलाल दमाईको २ लाख, पुजा परियारको १० हजार र मोलि मल्लको ५० हजार गरि जम्मा १० लाख १० हजार रुपैयाँ बराबरको क्षेति भएको प्रहरी चौकी भैसाही नाकाले जनाएको छ ।आगलागिका कारण घरमा भएको अन्नबालि, भाडाबर्तन, लत्ताकपडा सम्पुर्ण जलेको पिडितहरुले बताएका छन् ।
सानीघोषका अग्निपिडितलाई बाँडियो ३० हजार राहत
जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला विकास समिति दाङले लालमटिया गाविस वडा नं. ७ सानीघोषका अग्नीपिडितलाई ३० हजार रुपैयाँ नगद राहत वितरण गरेको छ ।
स्थानीय दैविप्रकोप उद्धार समिति मार्फत दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सानीघोषका ५ घर परिवारका अग्नीपिडितलाई प्रति परिवार ५ हजारको दरले २५ हजार रुपैयाँ र जिल्ला विकास समिति दाङको तर्फवाट स्थानीय विकास अधिकारी रमेश गौतमले प्रति परिवार एक हजारका दरले ५ हजार गरी जम्मा अग्नीपिडितलाई ३० हजार रुपैयाँ राहत वितरण गरेका हुन् ।
सोमवार नेपाल रेडक्रस सोसाईटी लालमटीया उपशाखा र लालमटीया गाविसको समन्वयमा अग्नीपिडितलाई राहत प्रदान गरिएको छ । कार्यक्रममा रेडक्रसका सभापती गंगाराम भट्टराई, गाविस सचिव दामोदर पोख्रेल, रेडक्रसका सचिव प्रमोद पौडेल लगाएतको सहभागीता थियो । गत शुक्रवार जंगलमा लागेको डढेलो वस्तीमा फैलीदा ५ घर जलेर खरानी वनेका थिए । यस अघि रेडक्रसले भाँडा कुडा, लत्ता कपडा, त्रिपाल सहयोग गरेको थियो भने गासिले प्रति परिवार पाँच सय रुपैयाँका दरले राहत दिएको थियो ।