धौलागिरि प्रा.लि को ९औ बार्षिक उत्सब समपन्न
दिपेन्द्र श्रेष्ठ अर्घाखाँची अर्घातोष ,चैत -२९ सोमबार –श्री धौलागिरि इङ्गलिस बोर्डिंग स्कुल अर्घाखाँची प्रा.लि को ९औ बार्षिक उत्सब तथा अभिभाबक दिबस कार्यक्रम र नतिजा प्रकाशन आज एक कार्यक्रम बीच सम्पन्न भएको छ|अभिभाबक समितिका अध्यक्ष नमराज श्रेष्ठको अध्यक्षता र जिल्ला प्याब्सन अर्घाखाँचीका सदस्य धनीश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सोहि बोर्डिंग का प्रिन्सिपल काशिराम पाण्डेले बिधालयको बार्षिक आयब्याय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो |
अभिभाबक ,शिक्षक ,बिधार्थी ,स्थानीय समाजसेबी ,पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिधार्थिहरुको बार्षिक परिक्षा फल प्रकाशन ,जेहेन्दार बिधार्थिहरुलाई छात्रवृति पुरस्कार वितरण , र शिक्षक र अभिभाबक बीच अन्तरक्रिया,अभिभाबक खेलकुद प्रतियोगिता लगाएतका बिभिन्न सास्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अतिथि धनीश्वर पाण्डेले दिप प्रजननका साथै शिक्षिका भिष्म पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नन्दराम पन्थीले गर्नुभएको र समापन सोहि बोर्डिंगका प्रिन्सिपल काशिराम पाण्डेले गर्नुभएको हो|