गृहपृष्ठ » अार्थिकशुद्ध भोजनमा ध्यान देऊँ

शुद्ध भोजनमा ध्यान देऊँ

April 12, 2016८९ पटक

तिर्थराज पौडेल
नेपालमा आम उपभोक्ताहरु २ ठाँउमा बस्दछन् एक बजारमा दुई गाँउमा किसानहरुले उत्पादन गरेको खाद्यान्न बस्तु धान, गंहु, मकै फापर, जौं, कोदो लगायत दालहरु, फलफुल, आलु, तेलहन, तरकारी, दुध, माछा मासु किसान बाट खरिद गरेर ढुवानी गरी बजारमा पुग्दछ । तर गाउँमा बस्ने उपभोक्ताहरुले भने खाने बस्तु आफै उत्पादन गरेर खाने बानी बसान्नु पर्दछ । आजको युग भनेको शारिरीक श्रम भन्दा मानसिक श्रम गरेर बस्ने युग भएकाले र वातावरण (पर्यावरण) दुषित भएको अवस्था बढेर आएको छ । यसैले नयाँ युग संग आफुलाई समालेर राख्न आम उपभोक्ताहरुले खाने बस्तुलाई शुद्ध स्वच्छ ताजा एवं मिसावट नभएको हुनु पर्छ ।
उत्पादन स्थल देखि लामो दुरी पार गरेर विभिन्न परिवहनबाट ढुवानी गरी ल्याइएका खाद्यान्न बस्तुहरुमा सेल्फ, लाइफ, पोषकता प्राकृतिक गुण तथा स्वादमा नकारात्मक परिवर्तन आउछ । ढुवानी गर्दा ढुवानी साधन वातावरण चिसो, तातो, धुलो, लोड, अनलोड गर्दा बिउ बिजन अनाज भित्र रहेको शुसुप्त अवस्थामा रहेको सन्तानोत्पादन हर्मोन क्षमता पनि ह््रास भएर जान्छ । अनाज भित्र जीवीत बस्तु पनि रहेको हुन्छ भन्ने कुरा पनि हेक्का राखेर गोदामको पनि व्यवस्था सोही अनुसार बनाएको हुनु पर्छ । उता बट्टामा, डब्बामा, प्लाष्टिक पोकामा, ड्रममा, सिसि बोतलमा प्याकीङ्ग गरेको सम्पूर्ण झोल पेय पदार्थ तथा खाने तेलहरु, दुध आदी लामो दुरीबाट ढुवानी गरेर ल्याउदा ति हल्लियर त्यहाँ बढि मात्रामा कार्बनडाईअक्साइड तथा मिथेल ग्यास उत्पन्न हुन्छ । जस्ले गर्दा वातावरण नै दुषित पार्छ । यस्ता प्याकीङ्गका झोल बस्तु हाम्रो पेटमा पर्दा कस्तो असर गर्ला मिथेल ग्यास यस्तो ग्यास हो जसबाट ग्रिनहाउसमा मौसम परिवर्तन गराउने प्रकृयामा संलग्न रहन्छ । वायुमण्डलमा मिथेल ग्यासको कारण पृथ्वीको मौसम जलवायू नै परिवर्तन गराउछ ।
खाद्यान्न बाली, फलफुल, तरकारीहरु तेल, दुध, माछा मासु, मिठाई आदी खाद्यान्न बस्तुहरु एक ठाउंबाट अर्को ठाउंमा लैजाँदा वोरा, प्लाष्टिक, टिनका बट्टा आदीमा प्याकीङ्ग गर्दा कुनै प्रशोधन गरिएको हुन्छ । कुनैमा रसायनिक बस्तु विषादी, हर्मोन कलर लगायतको प्रयोग भएको हुन्छ यसैको असरले गर्दा नेपालका बासिन्दा ढुङ्गा माटो नसालु बस्तु रेसिस्टेन्ट पावर बढि भएका तथा कमसल खालका विष नै पचाउने क्षमता भएका फोहोर पानी रहेका असंख्या पचाउन सक्ने क्षमता भएका हामी नेपाली दुषित गलेसडेका चामल, पिठो, तेल खानाले परम्परागत खाई आइ रहेको ठांउमा झाडा पखाला, रुगा खोकी, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाँझोपन, नपुङ्सक, सन्काहा रिसाह, रिगाटा लाग्ने, मुर्छापर्ने, अचानक मृत्यु हुने जस्ता रोग पछिल्लो समयमा नेपालमा बढेर गएको छ । २००४ देखि २०१५ सम्मको तथ्याङले छर्लङ्ग पारेको छ । त्यसैले हामी नेपाली अझ खास गरेर प्यूठानीहरुले गम्भीर भएर सोच्चौं सकारात्मक सोचले नै जीवन्त आज मानिस धन पैसा धनि छन् । तर सोंच स्वास्थ्य प्रति सकारात्मक देखिंदैन “बेसरी मेहनत गर, शुद्ध भोजन खाऊ” भन्ने मुल नारा सफल पार्न “फुड स्माट सिटी” को अवधारण अवलम्वन गर्नु पर्छ ।
धनि उच्च ओहदामा बसेका अर्थात कम्तीमा पुंजीपति वर्गले शुद्ध जैविक ताजा स्वच्छ खाना खाने बानी बसालेमा यहाँका किसानले अवश्य सहयोग गर्ने छन् । कारण जैविक शुद्ध खाद्यान्न बस्तु बजारीया खाने बस्तु भन्दा महङ्गा अवश्य हुनेछन् । प्यूठान जिल्लामा सम्पूर्ण खाने बाली उत्पादन हुन सक्ने पूर्वाधार तयार छन् । त्यस्तै फलफुल, तरकारी, दुध, माछा, मासु पनि खाली यस्को लागि दिर्घकालीन योजना बनाउन सकिएको छैन ।
होटल व्यवसायी संघले पनि शुद्ध ताजा मिठो खाना खुवाउने साेंच बढाएमा ग्राहक निरोगी हुनेछन् निरोगी ग्राहक भएमा लामो समयसम्म सेवा लिन दिन सकिन्छ । स्वास्थ्य सेवा लगायत जिल्ला प्रशासन तर्फबाट खाना खाने होटलमा समय समयमा अनुगमन गर्नु पर्छ । त्रुटी संकलन गरी खाद्य प्रशोधन निकायमा सम्पर्क राखी राम्रोलाई झन राम्रो बनाउने तर्फ अग्रसर हुनु पर्छ । यसरी एउटा सानो बजारबाट शुद्ध खाना बनाउने पकेट क्षेत्र सफल भएमा पर्यटक हरुको आगमन पनि बढेर जानेछ । प्यूठान जिल्लालाई इख्इए एक गाँऊ एक कार्यक्रम को मोडलबाट शुरु गर्नु पर्ने आजको आवश्यकता हो ।
अन्तमा बजारमा पाइने विभिन्न खाद्यान्न बस्तुहरु मध्ये पुराना चामल, पिठो, दाल र विभिन्न ब्रान्डका खाने तेलहरु लाई मध्यनजर राखेर हाम्रो खेतबारी काल्नाहरुमा दरिला हात दिर्घकालीन सोंच बनाएर बारीमा पाखेधान, गहुं, कमै, फापर, जौं, गहत, सिमी बोडीमा बढि जोड दिनु पर्छ । तेलको लागि तोरी, सरस्य, फिलिङ्गे, बदाम, फलफुल सिचित प्यूठानको फांट उन्नत प्रविधिबाट उन्नत बीउ धान, गहुं, आलु, तरकारी, फलफुल यही उत्पन्न गरेमा खाद्यान्नमा आत्म निरभर भएका शुद्ध खाना पाइने छ जस्को लागि योजना तर्जुमा गरी सार्वजनिक गर्नु पर्दछ ।
भरखर स्थापना भएको नगरपालीकाले “भोजन सम्पन्न नगर” बनाउन ठोस योजना बनाउनु सक्नु पर्छ । जय किसान………….. ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण