गृहपृष्ठ » मुख्य समाचार, समचारआगलागिबाट १५२ घरगोठ जले

आगलागिबाट १५२ घरगोठ जले

April 12, 2016११९ पटक

शिव राज खनाल,
लमही दाङ, चैत्र ३०
दाङ्को देउखुरी गंगापरस्पुर ८ बाँकी र खजरौटामा सोमबार साझ ५ बजे बाँकीका कृष्ण बहादुर चौधरीको घरबाट विद्युत सट भएर सल्केको आगोले गंगापरस्पुरका दुई गाउँका १५२ घरगोठ जलेर खरानी भएको हो । आगलागी बाट बाँकीका ३१ र खजरौटाका १९ घरधुरी गरी ५० घरधुरीका २८७ परिवार बिचल्ली मा परेकाछ्न् । आगलागी भइसकेपछि लमही नगरपालिकाको दमकल, रेडक्रस गढवा, शसस्त्र प्रहरीबल अर्जुनखोला, ज्वालामाई गणका आर्मी, लमही र गढवाका प्रहरीको उपस्थितिमा आगलागी नियन्त्रण गरिएको थियो ।

आगलागी पश्चात दाङ्का प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी घटना स्थलमा पुग्नुभएको थियो । अग्निपिडितहरु रातभर खुल्लाआकाशमा भोकभोकै रात बिताएका छन् । पानिको अभाव र हावाहुरीका कारण आगलागीबाट ठुलो नोक्सान भएको नेपाल रेडक्रस सोसाईटि गढवाका सभापति दिपक यादबले जानकारी दिनुभएको छ ।aaglagi (1)

आगलागीबाट मानवीय क्षती नभएको र अन्य क्षतीको विवरण आउन बाँकी रहेको छ । यसैबीच जिल्ला दैबि प्रकोप उद्धार समितिको बैठक अहिले जिल्ला प्रशासन कार्यालय दाङमा बसेको छ । बैठकले तत्कालका लागी केहि राहातको प्याकेजको निर्णय गरि पिडितपरिवारलाई हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले बताउनुभएको छ। यसैबिच रेडक्रस उपशाखा गढवा र गढवा उद्योग वाणिज्य संघले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी अग्निपिडितलाई सहयोग गर्न सवैमा आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण